- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दक्षिण अफ्रिका विरुद्धको टी–२० क्रिकेट सिरिजमा भारतले कब्जा जमाएको छ । भारतले तेस्रो तथा अन्तिम खेलमा केपटाउनमा ७ रनको रोमाञ्चक जित हासिल गर्यो ।
विराट कोहली घाइते भएका कारण कप्तानी सम्हालेका रोहित शर्माको टिमले पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा १७२ रन बनायो ।
शिखर धवनले ४० बलमा ४७ र सुरेश रैनाले २७ बलमा ४३ रन जोडे ।
जवाफमा कप्तान जेपी डुमिनीले ४१ बलमा ५५ रन तथा क्रिष्टियन जोंकरले २४ बलमा ४९ रन बनाए तर टिमलाई जिताउन सकेनन् ।
दक्षिण अफिका ६ विकेटको नोक्सानीमा १६५ रनमै समेटियो ।
रैना म्यान अफ द म्याच बने ।
यो जितले भारतले सिरिज २–१ ले जितेको छ । भारतले टेष्टमा २–१ को हारको सामना गरेको थियो भने एक दिवसिय ५–१ ले जितेको थियो ।
भुवनेश्वर कुमार प्लेयर अफ दि सिरिज भए ।