arrow

धुर्मुस सम्झेर किन झस्के ओली ? दिमागमा त लागेकै हो ! (भिडियो)

के कोही बन्दैछैनन् उपप्रधानमन्त्री ?

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं । हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुसलाई सम्झेर प्रधानमन्त्री केपी शर्मा ओली झस्केका छन् । उनले धुर्मुसलाई सम्झेरै धेरै उपप्रधानमन्त्री नबनाउने बताएका छन् । 

उनले अघिल्लो कार्यकालमा छ जना उपप्रधानमन्त्री राखेर कीर्तिमान राखेका थिए । निकै आलोचना खेपेका ओलीले यसपाली भने एकजना पनि उपप्रधानमन्त्री नबनाउनेतिर लागेका छन् । 

आफ्नो जन्म दिन पारेर बालुवाटारमा आयोजित एमाले स्थायी समितिको बैठकमा ओलीले उपप्रधानमन्त्रीको प्रसंग आउनासाथ आफुलाई धुर्मुसको सम्झना आउने भन्दै उपप्रधानमन्त्री नबनाउने निर्णय सुनाएका थिए । 

स्थायी समितिमा एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि प्रधानमन्त्री भएको बेला सगुनले गरेको कार्यक्रममा क्यारिकेचर सम्झिँदै ब्रिफिङ गरेका थिए । 

हेर्नुस् यो भिडियो– दुई वर्षअघि सगुनको कार्यक्रममा धुर्मुसले मुस्कान पासाको नाममा ओलीलाई व्यङ्ग्य कसेका थिए । 

के गर्लान् त ओलीले ? 

ओली यसपटक कसैलाई पनि उपप्रधानमन्त्री नदिने सोचमा छन् । तर के अरुले मान्लान् त ? 

त्यतिबेला साना दलका नेतालाई सरकारमा भित्र्याउँदा उनले धेरै उपप्रधानमन्त्री बनाएका थिए । 

यसपटक त एमाले–माओवादी गठबन्धनले नै सरकार बन्ने भएकाले ओली दवावमा नआउन सक्छन् । 

यो राम्रो कदम हुन सक्छ । 

के गर्लान् त पूर्व उपप्रधानमन्त्रीहरु ? 

के गर्लान् त पूर्वउपप्रधानमन्त्रीहरु भन्ने प्रश्न अहम् बनेको छ । किनकि उनकै दलबाट उपप्रधानमन्त्री बन्नका लागि आकांक्षी छन् । 

उपप्रधानमन्त्री भइसकेको नेता फेरि मन्त्रीमा मात्र झरेर जाने सम्भावना कम हुन्छ । 

तर नेपाली राजनीतिमा त के नै फरक पर्ला र । सबैभन्दा बढी अप्ठेरो उपप्रधानमन्त्रीका आकांक्षी एमाले महासचिव ईश्वर पोखरेललाई परेको छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी १३ दिन उपप्रधानमन्त्री भएका थिए । 

ईश्वर पोखरेल अर्थमन्त्री बन्ने पक्का भएको छ । 

त्यसैगरी माओवादीका नेताहरुलाई पनि समस्या पर्ने नै छ । के उनीहरु पनि मन्त्रालयमा मात्र सीमित भएर जालान् त ? 

सोमबार मन्त्रीमण्डल विस्तार हुँदै गरेको सन्दर्भ चलिरहँदा के हुँदोरहेछ भन्ने कौतुहल पनि बढेको छ । 

जेहोस् ओलीले एक जना पनि उपप्रधानमन्त्री बनाएनन् भने पक्कै एउटा राम्रो सन्देश जानेछ । 

त्यसो हुन सके धुर्मुसको करामतले ओलीको दिमागमा राम्रै झड्का लागेकै मान्नुपर्ने हुन्छ। नत्र त ' काग कराउँदै जान्छ पिना सुक्दै जान्छ ' मात्र हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ