arrow

स्ववियु चुनाबको माग गर्दै पोखरा बिश्व बिद्यालयमा तोडफोड

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ फागुन १६ बुधबार
Pokhara-University.jpg

पोखरा । पोखरा बिश्वबिद्यालयमा बिद्यार्थीहरुले तोडफोड गरेका छन् भने कर्मचारीलाई कार्यलय भित्र थुनेका छन। निर्धारित समयमा स्ववियु चुनाबको माग गर्दै आएका ३ बिद्यार्थी सगठन नेबिसंघ,अनेरास्ववियु र अखिल क्रान्तिकारीले मागको सुनुवाइ नभएको भन्दै तोडफोड सहित कर्मचारीलाई कार्यलय भित्र थुनेका हुन् ।

बिद्यार्थीहरुले केन्द्रीय कार्यालयको गेट बन्द गरि कर्मचारीलाई थुनेका हुन्। स्ववियु चुनाबको मिति तोक्न आनाकानी गरेको र आफुहरुको मागलाई बेवास्ता गरेको बिरोधमा बिद्यार्थी सगठनले कर्मचारीलाई थुनेका हुन।  तोडफोडबाट केन्द्रीय कार्यलय भवनको सिसा र गमला फुटेका छन्।

यसैबीच अाईतबार बैठक बस्ने सहमति भएपछि थुनिएका सबै बाहिरिएकाे पाेखरा बिश्वबिद्धालय नेबिसंघ मुल इकाइ अध्यक्ष स्वतन्त्र बस्नेतले जानकारि दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ