arrow

झापामा के पकाउँदैछन् पूर्वराजा ? शान्त हुँदा पनि बढ्छ तागत 

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
ganendra_ex-king.jpeg

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट पूर्वको यात्रा थालेका छन्। उनी पूर्वरानी कोमलसहित आइतबार दिउँसो काठमाडौंबाट श्रीएयरलाइन्सको जहाजबाट भद्रपुर हुँदै दमक पुगेका छन्। उनको पूर्वयात्रासंगै नेपाली राजनीतिमा केही न केही हलचल ल्याएको छ। उनको बसाइ तीन साताको हुनेछ। 

 ज्ञानेन्द्र शाहको पहिलो हप्ता केही पनि गर्नेछैनन्। अर्थात् दमकमा आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेट गार्डेनमा शान्त तरिकाले एक हप्ता बिताउने छन्। उनीसंग उनका स्वकीय सचिव सागर तिमल्सिना र एडीसीहरुमात्र छन्। पूर्वराजाको संवाद सचिवालयले एकहप्ता आराम गरेपछि मात्र अन्य कार्यक्रम बन्नेछन्। पूर्वराजाले दोस्रो हप्तामात्र अन्य जिल्ला भ्रमण र उनी निकटस्थलाई भेटघाट गर्नेछन्। 

सप्तरीदेखि झापासम्म अधिकांश जिल्लाबाट स्वागत गर्ने तयारी भएकाले त्यसै अनुसार कार्यक्रम मिलाइने बताइएको छ। सबै जिल्लाबाट निम्तो पाएकाले कार्यक्रम मिलाउन समस्या भएको बताइन्छ। पूर्वराजाले भ्रमणका क्रममा विशेष मठमन्दिरहरूकोसमेत दर्शन गर्ने कार्यक्रम रहेको छ। 

यो भ्रमणका क्रममा हिन्दूवादी र राजावादीहरू विशेष रूपले समेटिने छन्। यो भ्रमणले पूर्वमा पूर्वराजाको माहौलसमेत कस्तो रहने छ भनी बुझ्ने छन्। यसअघि पूर्वराजाको भ्रमण सुदूर र मध्यपश्चिममा भएको थियो । पूर्वको भ्रमण सकेपछि पूर्वराजा पश्चिम भ्रमणमा निस्कनेसमेत बताइएको छ।गत पुसदेखि निरन्तर भ्रमणमा निस्कने क्रममा पूर्वराजा भारतको लखनउ, उडिसामा पुगेर हिन्दूधर्म जोगाउनेदेखि आफ्नो पक्षमा माहौल बनाएको बताइन्छ। 

शान्त हुँदा पनि बढ्छ तागत पूर्वराजा शान्त बसिरहेका छन्। उनी खासै बोल्दैनन्। एक अनुसन्धान भन्छ कि एकान्तमा शान्त बस्दा पनि तागत बढ्छ। सम्भवतः आफ्नै स्वामित्वको हिमालयन टी स्टेट गार्डेनमा शान्त तरिकाले बस्दा उनले तागत बढाउँदै हुनेछन्। पूर्वराजाले यसअघि दलहरुसंग आफूले हिसाब माग्ने बताएर झस्काउँदै आएका छन्। उनले राजदरबार छाड्दा पनि श्रीपेच सुरक्षित राख्न आग्रह गरेका थिए। 

त्यसपछि नेताहरु हरेक समयमा झस्के पनि संघीयतामा मुलुक गएर संसदसमेत चलिसकेका अवस्थामा भने पुराना कुरा सम्झने फुर्सद नेताहरुलाई छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ