arrow

पोखरामा सवारी दुर्घटनामा परी दुई प्रहरीको मृत्यु 

logo
सरिता तिम्सिना पंगेनी,
प्रकाशित २०७४ फागुन २१ सोमबार
police-accident-pokhara.jpg

पोखरा। पोखराको बिजयपुरमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा प्रहरी कार्यलय  बैदाममा कार्यरत  प्रहरी जवान प्रदीपकुमार यादब र शुषील बाँनिया रहेको जिल्ला प्रहरी कार्यलय कास्की का प्रमुख एस पी अशोक सिंहले जानकारी दिए। आइतबार राती करिब साढे दश बजे बाग्लुङ काठमाडौं चल्ने संयुक्त यातायातको ग ४ ख ५७८५ नम्बरको रात्री बसले ग ११ प ३६४५ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा दुइ प्रहरी जवानको मृत्यु भएको हो।

दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा ल्याइएका घाइते प्रहरी जवानहररुलाई अस्पतालले मृत घोषणा गरेको एस पी सिहले जानकारी दिए। बस र बस चालक दुबैलाई प्रहरी ले नियन्त्रणमा लिएको जिप्रका कास्कीले जनाएको छ। मृत प्रहरी जवानहरुको शबलाइ पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ। बसको ओभर स्पिडका कारण बसले बिपरति दिशामा गएर मोटर साइकललाई ठक्कर दिदा दुर्घटना भएको देखिएको  एस पी सिंहले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ