arrow

रुकुममा बाल्टिन बम भेटियो

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ फागुन २१ सोमबार
Rukum_District.png

रुकुम ।  रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बाल्टिन बम फेला परेको छ । नगरपालिका १० मा निर्मानाधिन चौरजहारी टार सिंचाई आयोजनाको नहर (कुलो) खन्दै गर्दा बम फेला परेको स्थानीयले जानकारी दिएका छन् ।

बमलाई अहिले प्रहरी चौकी सर्केनाले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । बम निष्क्रिय पार्नको लागि चौरजहारीबाट नेपाली सेनाको टोली र थप प्रहरी जाँदै गरेको उनले बताए ।

बम फेला परेपछि स्थानीयहरुमा केहि समय भागदौड भएको थियो । नेपाली सेना र प्रहरीको थप टोली बम भएको ठाउँमा पुगेपछि बमलाई निष्क्रीय पार्ने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ