arrow

वालुवाटारमा काटियो माधव नेपालको वर्थ डे केक, केपीले प्रेमपूर्वक खुवाए नेपाललाई

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
madhav-nepal-birthday-cake-pm-oli.jpg

काठमाडौं। प्रधानमन्त्री भएर बालुवाटार सरे लगत्तै आफ्नो जन्मदिन वालुवाटारमा मनाएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेकै वरिष्ठ नेता माधव नेपालको जन्मदिन पनि वालुवाटारमै मनाएका छन्। 

नेता नेपाललाई प्रधानमन्त्री ओलीले जन्मदिनको अवसरमा शुभकामना लिन वालुवाटार नै निम्त्याइएका थिए। बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकको अवसर पारिए पनि नेता नेपालको जन्मदिनको लागि नै वैठकको चाँजो मिलाइएको थियो। वालुवाटार पुगेका नेपाललाई प्रधानमन्त्री ओलीले फूल र खादा लगाइदिइ स्वागत गरेका थिए। 

प्रधानमन्त्री ओलीले नेपाललाई स्वागत मात्र गरेनन केक पनि काटेर खुवाए। प्रधानमन्त्री ओलीले आफैले वर्थ डे केक नेता नेपालाई खुवाएका थिए। दाजुभाई जस्ता देखिने ओली र नेपालले जन्मदिनमा सौहार्दता साँटेका थिए। ओलीको जन्मदिनमा पनि नेता नेपाल वालुवाटारमा यसैगरि खुसी साट्न गएका थिए। 

नेता नेपालको ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर उनलाई दीघार्यूको कामना गरेका थिए। नेता नेपालले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिंदै आफ्नो जन्मोत्सवको केक खुवाएका थिए। 

जन्मदिनको अवसरमा पार्टीका नेताहरुले नेता नेपाललाई शुभकामना व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ