arrow

के भन्छन् बाबुरामलाई छोडेर प्रचण्डतिरै आएका खिमलाल ? किन फर्किए पुरानै घर ? : (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
khimlal-news-aa.jpeg

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लामो समय टिकेको वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा पूरानै घर फर्किएका छन् । उनी नयाँ शक्तिको कार्यकारी समिति सदस्य, सञ्चार विभाग प्रमुख र प्रवक्ता भए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा मंगलबार देवकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रातो टीका लगाएर पूरानै घर भित्र्याए । उनीको पूरानो परिचय हो । अन्तरिम व्यवस्थापिकाको पूर्व विधायक । खिमलाल देवकोटा ’रूपेश’ । उनै हुन्,  माओवादी राज्य समिति सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष समेत भइसकेका व्यक्ति । जसको पूरानै घरफिर्ति भयो ।

अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको भन्दै संविधानले नै व्यवस्था गरेको समाजवाद प्राप्तिका लागि सबै कम्युनिष्ट एक हुनुपर्छ, भने । उनले देवकोटाको मुख हेर्दै, बाबुरामतिर कुरा सोझ्याए, ‘नक्कली, सक्कली बनेर हुँदैन । पार्टीभित्रै बहस गरेर पार्टीलाई थप परिस्कृत गर्न सकिन्छ ।’
उनले बाबुराम भट्टराईलाई समेत माओवादीमा फर्कन भनेका छन् । माओवादीको टिका लगाईसकेपछि देवकोटाले डा. भट्टराईको मनसाय राम्रो भए पनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरे । हामीले देवकोटालाई पुरानै घरफिर्ति किन भनि सोधेका छौँ :

० माओवादीमा फर्किनु भो हैन ?
– हो । फर्किए ।

० पक्का पक्की गरेरै कि ?
–औपचारिक कार्यक्रमबाटै टिका लगाइसकेपछि पक्का मान्नु पर्‍यो ।

० किन, नयाँ शक्तिमा बस्न सकिएन ?
–हाँस्दै, त्यस्तै भयो ।

० अनि, अहिले नयाँ शक्ति छोडेरै माओवादीमा आएको भनौ कि के भनौँ ?
–नयाँ शक्तिमा म पछिल्लो सयम अफिसियल थिइँन । स्थानीय तहको पहिलो चरणको नतिजा आएपछि मैले कार्यकारी समिति, सञ्चार विभाग प्रमुख र प्रवक्ता सबै जिम्मेवारीबाट मुक्त भएको औपचारिक जानकारी नै दिएको थिएँ ।

० माओवादीमा कसरी त ?
–उतैबाट कुरा आयो ।

० उतैबाट भन्या, कसले बोलायो ?
–अध्यक्ष ज्यूले । एक पटक होइन धेरै पटक बोलानु भयो ।

० अध्यक्षले नै बोलाइसकेपछि, भूमिका के होला ?
–त्यो त उहाँले दिने कुरा हो । मलाई पदको लोभ छैन ।

० किन ?
–अध्यक्षले तपाई जस्तो मान्छेको अहिले खाँचो छ । पार्टी एकता हुने बेलामा तपाईहरु जस्तो मान्छे हामीलाई चाहिन्छ । अहम भूमिका छ भन्नु भयो । त्यसैले ।

० अनि पार्टी एकता हुन्छ नै भनेर आउनु भो त ?
–त्यही देखेर बोलाउनु भा होला । मैले अहिले होइन धेरै पहिलेबाट पार्टी एकता हुनु पर्छ भनेको हुँ । पार्टी एकताको पक्षमा पहिलेदेखि रहेकाले अहिले सहयोग पुग्छ भनेर नै मेरो खोजी बढिनै भएको हो, भन्ने बुझेको छुँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ