arrow

यसकारण राष्ट्रपतिमा ‘विद्या’ विरुद्ध ‘लक्ष्मी’

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
rastrapati-candidate-bidhya-laxmi.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका स्वतन्त्रभन्दा पनि पार्टी विशेषतिर ढल्किएको देखिएकाले उनीविरुद्ध आफ्नो पार्टीले उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।

लक्ष्मी राईको उम्मेदवारी दर्तापछि संचारकर्मीसंग डा कोइरालाले भण्डारीको भूमिका स्वतन्त्र नभएकाले नै वाध्य भएको पार्टीले यो निर्णय गरेको बताएका हुन् । 

काँग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गरेका नाम अनुमोदन नगरेर राष्ट्रपति भण्डारीले स्वतन्त्र भूमिका निर्वाह नगरेको आरोप लगाए । 

‘समर्थन’ भन्ने शब्द नै नराखी एमालेले ‘राष्ट्रपति भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने’ भन्ने बहुमतको दम्भपूर्ण भाषा राखेकाले वाध्य भएर काँग्रेसले पनि उम्मेदवार उठाएको हो । 

नेकपा एमालेले मंगलबार वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ