arrow

ओलीलाई गजुरेलको प्रश्न– ‘जनयुद्ध लडेकाको घर–घरमा म्याद टाँस्ने, यो कस्तो चाला हो ?’

गुरुको अपमान् गर्दै हिँड्ने प्रचण्ड खराब शिष्य

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
CP-Gajurel-news-aa.jpeg

काठमाडौं । १०८औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । कतै, र्‍याली, कतै गोष्ठी त कतै अन्तरक्रिया । तर, काठमाडौंको शान्तिवाटीमा भिन्न दृष्य र आवाज सुनियो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको महिला संघले संयुक्त रुपमा आमसभा गरेका छन् ।

महिलाको कार्यक्रममा प्रमुख अथितिको हैसियतमा भाषण गर्न पुगे क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल । उनले जुरैबाट कुरो खोले । उनले भने, ‘क्रान्तिकारीको नाउ बच्दै, जनताको आँखामा छारो हाल्दै प्रतिक्रियावादीहरु सत्तामा पुगेका छन् ।’ उनले अहिलेको वाम गठबन्धनलाई दक्षिणपन्थी र प्रतिक्रियावादीहरुको गठबन्धन भने । अधिकांश समय उनले एमाले तर, माओवादी केन्द्रको सरकारविरुद्ध खर्चिए ।

उनले अगाडि भने, ‘आफै प्रधानमन्त्री खाने अनि आफै वाम गठबन्धन र एउटै कम्युनिष्ट केन्द्रको धाक दिने ।’ हाँस्दै उनले सोधे ? वाम गठबन्धन भनेको प्रतिक्रियावादीहरुको गठबन्धन हो र ? सत्तामा बसेर रजाईँ गर्नेहरु वाम हुन् र ? गजुरेलले प्रतिक्रियावादीहरुको विरोध गर्ने र तिनका गतिविधिमाथि निगरानी राख्ने जमात वाम शक्ति हो, भने ।

उनले वास्तविक कुरा लुकाएर जनतालाई झुक्याइएको आरोप लगाए । उनले भनेका छन्, ‘हामीले हिजो जनयुद्ध लड्दा जनवादी गणतन्त्र भनेका थियौँ । तर, त्यही गणतन्त्र हो भनेर अहिले जनतालाई लोकतान्त्रिक गणतन्त्र भिडाईयो ।  संसदवाद र फाँसीवाद लादियो ।’ हामीले जनवादी अथवा छोटोमा भन्दा जनगणतन्त्र भनेका हौँ । गजुरेलले हिजो गरेको क्रान्तिमा धक्का लागेको र क्रान्ति नमरेको समेत बताएका छन् ।

प्रचण्डको समाजवाद प्रतिक्रियावादी समाजवाद
उनले अहिलेको संविधान पश्चगामी भएको भन्दै यो संविधानले वोकेको समाजवाद वैज्ञानिक समाजवाद होइन भने । गजुरेलले संविधानमा समाजवाद उन्मुख भनिएको कुरा उल्लेख गर्दै त्यो उन्मुख भन्ने शब्द पनि किन राखृेको होला भने ।

उनले अगाडि भने, ‘समाजवाद पनि कुन समाजवाद खोजेको ? धेरै समाजवाद हुन्छन् । पुँजीवादी समाजवाद, सामन्ती समाजवाद, प्रतिक्रियावादी समाजवाद र वैज्ञानिक समाजवाद । अहिले प्रचण्डले भनेको प्रतिक्रियावादी समाजवाद हो ।’ हामीले वैज्ञानिक समाजवाद खोजेका हौँ, वैज्ञानिक समाजवादबाट साम्यवादमा जाने भनेका हौँ, उनले भनेका छन् ।

जनयुद्ध गरेको मान्छेको घरमा म्याद टाँस्ने ?
नेता गजुरेलले प्रधानमन्त्री केपी ओली र गहृमन्त्री रामबहादुर थापातिर लक्षित गर्दै बन्दुको नाल र गोलीबाट नडराएका मान्छेको घरमा म्याद टाँसेर के गर्न खोजेको होला ? भनि टिप्पणी गरे । उनले भनेका छन्, ‘हाम्रो सम्मेलन गर्न नदिने र संगठित हुन नदिने षड्यन्त्रपूर्वक म्याद टाँस्न लगाइयो ।’ जनयुद्ध गरेको मान्छेको घरमा म्याद टाँस्ने, हाँस्दै उनले प्रश्न गरे, ‘यो कस्तो चाला हो ?’

वार्तामा बोलाउने रे ?
नेता गजुरेलले आफुहरुलाई वार्तामा बोलाउने कुरा भइरहेको सुनाए । उनले भने, ‘हामीलाई वार्तामा बोलाउने रे । सत्ताको बराबर हिस्सा खोजेको होर हामीलाई वार्तामा लान ? कि म्याद टाँसेको भनेर वार्तामा बोलाउन खोज्या ? के भनेर वार्तामा बोलाएको ?’ अहिले पञ्चायतमा विश्वास गर्नेहरु कमजोर भएका छन् । अनि काँग्रेसको सातो पुत्लो उडको छ, उनले भने, ‘हामीलाई पनि संगठिन हुन नदिएर मनोमानीतन्त्र चलाउन खोज्ने ठूलो षड्यन्त्र भइरहेको छ ।’ हामी कमजोर भयो भने उनीहरुलाई फाइदै फाइदा ।

प्रचण्डले गुरुको अपमान गरे
नेता गजुरेलले, ‘प्रचण्डले भन्ने बेलामा मोहन वैद्य मेरो महान् गुरु भन्ने गरेका छन् । तर, गुरु भन्ने अनि गुरुकै अपमान गर्ने’ भनेका छन् । गुरु भनेर गुणगान गाउने संगत प्रतिक्रियावादी र दक्षिणपन्थीहरुको गर्ने, ‘उनले भने, ‘गुरु भनेर गाउनु सम्मान होइन । त्यो ठूलो षड्यन्त्र हो ।’ मान्छेहरु बाहिर साध्छन् किरण कामरेडकै शिष्यको भने त्यस्तो गर्दै नहिड्नु पर्ने, उनले थपे, ‘यस्तो शिक्षा सिकाउनु भयो होला र ? भनेर मान्छेले सोध्छन् ।’

हतियार उठाउन नपरोस्, सेना निर्माण गर्न सकिन्छ
उनले अहिलेको सरकारले हतियार उठाउने अवस्थाको सिर्जना नगरोस् भने । अहिले आफुहरु हतियार उठाउने मानसिकतामा नरहेको पनि उनले सुनाए । उनले अगाडि भनेका छन्, ‘विचार प्रष्ट भयो भने सेना बनाउनु र निर्माण गर्नु कुनै ठूलो कुरा होइन । सेना निर्माण गर्न सकिन्छ ।’ कार्यकर्तालाई लक्षित गर्दै उनले भने, ‘अब एक जुट हुनुको विकल्प छैन । विचार प्रष्ट भए हतियार बाहिरबाट किन्नै पर्दैन जनताले नै हतियार दिन्छन् । हिजो पहिलो हतियार जनताले नै दिएका थिए । विचार पहिलो हतियार हो ।’ अब आफुहरु नयाँ जनवादी क्रान्तिमा अघि बढ्ने र क्रान्तिकारी शक्तिजति सबैको एकता हुने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ