arrow

प्रधानमन्त्री ओलीले सिपी गजुरेललाई भने, 'अब यस्ता ज्ञापनपत्र बोक्नु पर्दैन'

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
kp-oli-cp-gajurel.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्।

देशभक्त जनगणतान्त्रिक मोर्चाको ज्ञापन पत्र बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय,देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताए।

‘सरकारले सम्मानीत जीवन ज्यून पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउँछ’ प्रधानमन्त्री ओलीले भने ‘भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।’

सामाजिक विद्वेश भड्काउने,घृणाको खेती गर्ने,द्वन्द्वको मच्चाउने र द्वन्द्व व्यवस्थापनको खेती गर्ने तत्वहरुसँग सजग हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए।

‘नेपाल कसैको खेलमैदान होइन’ प्रधानमन्त्री ओलीले भने ‘अब यहाँ सद्ध्भावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।’

प्रधानमन्त्री ओलीले यसपालीको निर्वाचनमा जनताले स्थिरता र स्थायित्वका लागि मतदान गरेको बताउदै जनमतको कदर गर्न आफू सचेत रहेको बताए। 

ज्ञापन पत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने ‘केही बर्षपछि यस्ता ज्ञापन पत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ