arrow

निर्वाचित दुई जनप्रतिनिधीको कर्तुत उदाङगियो, एमाले नेतृत्व मौन

महिला दिवसकै दिन महिला जनप्रतिनिधीमाथि हातापात, बोक्सी भन्दै कुट्ने पीडकलाई गए छुटाउन

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
mamata-prasad-bin-kumar.jpg

काठमाडौं। महिला दिवसकै दिन महिला हिंसाका दुई घटनामा हालै जननिर्वाचित दुई जनप्रतिनिधी संलग्न भएको खबरसँगै उनीहरुको कर्तुत सार्वजनिक भएको छ। प्रदेश नम्वर ३ को दोलखा र प्रदेश नम्वर ७ को कैलालीका दुई घटनाले आम नागरिकमा आक्रोश पैदा गरेको छ।  

महिला दिवसको दिन दोलखाको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले सोहि गाउँपालिकाका उपाध्यक्ष कालिका पाठकमाथि अभद्र व्यवहार गर्दै हातपातको भएको खबर आयो। सोहि दिन कैलालीको घोडाघडीमा बोक्सीको आरोप लगाएर युवतीमाथि कुटपिट गर्ने राम बहादुर चौधरीलाई छुटाउन नगर प्रमुख ममताप्रसाद चौधरी सुखड प्रहरी कार्यालय पुगेर प्रहरीलाई दवाव थिएको अर्एको खबर आयो। पिडित युवतीका पितालाई समेत दवावमा पारि मुद्धा मिलापत्र गरि पिडकलाई जमानीमा छुटाउन मेयर आफै गएको घटना सार्वजनिक भएपछि यि दुई पात्रको बारेमा सर्वत्र निन्दा भएको छ।  

संयोग यस्तो थियो यि अलग अलग ठाउँमा भएका यि दुबै घटना अन्तराष्ट्रिय महिला दिवसकै दिन भएका थिए। संयोग नै मान्नुपर्छ यि दुवै जनप्रतिनिधी सत्तारुढ दल नेकपा एमालेसँग सम्वद्ध हुन्। 

दोलखाको घटनामा एमालेबाटै निर्वाचित गाउँपालिका प्रमुख थामीले आफ्नै दलबाट निर्वाचित सोहि गाउँपालिकाक महिला उपाध्यक्ष पाठकमाथि हातपात गरेका थिए। कैलालीको घटनामा एमालेबाटै निर्वाचित नगरप्रमुख चौधरीले महिला हिंसा र कुरीतीलाई वढावा दिने पीडक राम बहादुर चौधरीलाई छुटाउन प्रहरीकहाँ दवाव दिन पुगेका थिए। उनले राम  बहादुर सहित उनको टोलीलाई जमानी बसेर छुटाएको थियो। घटना सञ्चार माध्यम मार्फत सार्वजनिक भएपछि मेयर चौधरीले छुटाएका राम बहादुर फेरि पक्राउ परेका छन्। 

मेयर चौधरी भने प्रहरी चौकीमा भीड देखेर फर्केको भन्दै गैह्र जिम्मेवार कुरा गरिरहेका छन्। उनले आफ्नो अरु पनि धेरै काम हुने भन्दै घटनालाई अत्यन्तै कम प्राथमिकता दिएर अभिव्यक्ति दिएका छन्। मानौ उनले कुनै गल्ती गरेका छैनन। मानौ उनले  पीडकलाई छुटाएर राम्रो काम गरेका छन्। 

यी दुई घटनामा एमालेका दुई जनप्रतिनिधी मुसिदा एमालेको नेतृत्व पङति सरकार गठन र अन्य काममा व्यस्त रहेको देखिदैछ। एमालेकै दुई जनप्रतिनिधी महिला हिंसामा प्रत्यक्ष मुसिदा नेतृत्व पङति भने रहस्यमय मौनता साँधेर बसेको छ। किन चुप छ एमाले नेतृत्व पङति आम नागरिक तह आश्र्चर्यमा परेको छ। के यि कर्तुत गर्ने उपर एमाले नेतृत्वले कार्वाही गर्छ? कार्वाही गर्ने निकायलाई कार्वाही गर्न सहजिकरण गर्छ? नत्र महिला हक अधिकारका कुरा अनि समानताका ठूला कुरा गर्दै सबै कुरा सकिन्छ? देश एमालेका नेताहरुबाट आफ्ना कार्यकर्ताहरुले गरेको गल्तिमा कस्तो प्रतिक्रिया जनाउँछ हेरेर बसेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ