- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा विश्वासको मत लिँदैछन् । संसदबाट निर्वाचित नभएकाले उनले प्रधानमन्त्री बनेको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
उक्त कानुनी प्रावधानअनुसार आइतबार मतदान हुँदैछ । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई एमाले र माओवादी केन्द्रको बहुमत समर्थन रहे पनि त्यसमा राष्ट्रिय जनता पार्टी राजपा थपिएको छ ।
त्यस्तै राप्रपाले पनि विश्वासको मत दिने जनाइसकेको छ ।
तर सरकारमा जानका लागि सुरुआतदेखि नै पहल थालेको संघीय समाजवादी फोरमले भने अहिलेसम्म निर्णय गर्न सकेको छैन ।
आइतबार १२ः०० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
यो बैठकपछि नै फोरमले टुंगो लगाउने छ ।
स्रोतका अनुसार बार्गेनिङ नमिलेका कारण फोरमले ढिलाइ गरेको र समर्थन गर्नुको विकल्प छैन ।