arrow

चपलीमा सडक दुर्घटना, १ को मृत्यु, २ घाइते

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार
accident-final.jpeg

काठमाडौं । काठमाडौंको चपली घुम्तीमा शनिबार साँझ साढे ६ बजे तीन जना सवार रहेको बा ७९ प ७७१ नम्बरको मोटरसाइकल र बा २ च ६३१६ नम्बरको कार आपसमा ठोकिंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार काठमाडौंकै जमल बस्ने २६ बर्षीय सुनिल थापा रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको उपरचारको क्रममा त्रि।वि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । 

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गुर्जधारा बस्ने २० बर्षीय सुधन प्रसाद लामिछाने र मोटरसाइकलमै पछाडी सवार रामेछाप बालाजोरका २५ बर्षीय सरोज घिमिरेको सोही अस्पताल मै उपचार भइरहेको छ । 

घाइतेमध्ये सरोजको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र कार चालकलाई महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ