arrow

९० प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट

logo
प्रकाशित २०७४ फागुन २७ आइतबार

काभ्रे। काभ्रेपलाञ्चोक जिल्लामा कात्तिकदेखि माघसम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। टिपरको ठक्करबाट मा मृत्यु हुने नौ जना रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। नब्बे प्रतिशत दुर्घटना चालकको लापरबाही र एकले अर्कालाई उछिन्दा हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक शेखरजंग मल्लले बताए।

“दुर्घटनाको न्यूनीकरण गर्न विद्यालयस्तरीय कार्यक्रम चलाए पनि प्रभावकारी भने बन्न सकेको छैन”, मल्लले भने। ती दुर्घटना ट्राफिक प्रहरी परिचालन गरिएका ठाउँ अरनिको राजमार्ग र बिपी राजमार्गमा भन्दा अन्य ग्रामीण क्षेत्रमा बढी भएको बताइएको छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ‘एक मिनेट चालकसँग र दुई मिनेट यात्रुसँग’ भन्ने अभियानसमेत सञ्चालन गरेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ