arrow

झापा पुगेको १० दिनमा बल्ल बाहिर निस्कने साइत जुर्यो पूर्वराजाको 

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
ganendra_ex-king.jpeg

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट पूर्वको यात्रा थालेका छन्। उनी पूर्वरानी कोमलसहित फागुन २० गते आइतबार दिउँसो काठमाडौंबाट श्रीएयरलाइन्सको जहाजबाट भद्रपुर हुँदै दमक पुगेका थिए । 

तीन साताको पूर्वयात्रामा लागेका पूर्वराजा दमकमा आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेट गार्डेनमा शान्त तरिकाले एक हप्ता बिताउने बताइए पनि नौ दिनसम्म शान्त तरिकाले नै बसेका छन्। 

मंगलबार (फागुन २९ गते) देखि भने उनको भ्रमण यात्रा सुरु हुँदैछ । 

उनको भ्रमण सुनसरीको रामधुनीमा दर्शन गरेपछि सुरु हुनेछ । उनी दिउँसो ३ बजे भगवानले रामले धुनी जगाएको स्थलमा दर्शन गर्ने उनको संवाद सचिवालयले जनाएको छ । 

त्यसपछि पूर्वराजा प्रकाशपुरमा भइरहेको श्रीमद्भागवत् र धनधान्यान्चल मेलामा सरिक हुनेछन् । 

योसंगै स्थानीयहरुसंगको भलाकुसारी पनि सुरु हुनेछ । 

अन्य कार्यक्रम भने तय भएका छैनन् । 

यता काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सबै अवरोध पन्छिएको दाबी गरिरहँदा अर्कातिर पूर्वराजाको ओलीकै जिल्ला साथसाथै पूर्व भ्रमणले गल्ती गर्नेहरुका स्वास रोकिन थालेको विश्लेषण पनि हुन थालेको छ । 

सप्तरीदेखि झापासम्म अधिकांश जिल्लाबाट स्वागत गर्ने तयारी भएकाले त्यसै अनुसार कार्यक्रमहरु मिलाइने तयारी भइरहेको जनाइएको छ । 

यो भ्रमणका क्रममा हिन्दूवादी र राजावादीहरू विशेष रूपले समेटिने छन्। यो भ्रमणले पूर्वमा पूर्वराजाको माहौलसमेत कस्तो रहने छ भनी बुझ्ने छन्। यसअघि पूर्वराजाको भ्रमण सुदूर र मध्यपश्चिममा भएको थियो । 

पूर्वको भ्रमण सकेपछि पूर्वराजा पश्चिम भ्रमणमा निस्कनेसमेत बताइएको छ।गत पुसदेखि निरन्तर भ्रमणमा निस्कने क्रममा पूर्वराजा भारतको लखनउ, उडिसामा पुगेर हिन्दूधर्म जोगाउनेदेखि आफ्नो पक्षमा माहौल बनाएको बताइन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ