arrow

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना (भिडियो)

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
air.png

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो युएस बाङ्लाको जहाज  दुर्घटना भएको छ। बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको विमान दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौमा अवतरण गर्ने तयारीमा दुर्घटना भएको हो ।

जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि आगलागी भएको थियो ।  आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठुलो टोली विमानस्थलको धावनमार्गमा आगो निभाएको छ । गम्भीर अवस्थामा रहेका यात्रुहरुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ पठाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ