arrow

यूएस बाङ्लाको विमान दुर्घटना : चालक दलका सदस्यसहित ७१ यात्रु, उद्धार जारी

logo
प्रकाशित २०७४ फागुन २८ सोमबार
us-bangal.jpg

काठमाडौं । ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरवेजको जहाजमा दुर्घटना परेका १४ जनाको उद्धार भएको छ ।

बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु सवार थिए । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चालक दलका चार सदस्य गरी ७१ जना थिए ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। धावनमार्गबाट जहाज चिप्लिएको हो । विमान दुर्घटना भएपछि धावनमार्ग बाहिरको घाँसे मैदानमा आगो लागेको छ । दमकलको सहायताले विमानमा लागेको आगो  मैदानमा लागेको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।

घटनापछि विमानस्थलका सबै उडान बन्द गरिएको छ, भने घाइतेलाई उद्दार गरी अस्पताल लाने क्रम जारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ