arrow

ट्रक सडकमै पल्टियो, बिपी राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
accident-final.jpeg

सिन्धुली । बिपी राजमार्गमा ट्रक पल्टँदा मंगलबार बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । 

सुनकोशी गाउँपालिका–६ चैनपुरमा खण्डमा इँटा लादिएको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । 

सोमबार राति नै बा५ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएको छ । 

बिहानैदेखि राजमार्ग पुनःसञ्चालन गर्न प्रयास गरिए पनि हुन नसकेको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए ।

सिन्धुली लगायत तराईका जिल्लाबाट राजधानी र राजधानीबाट बिपी राजमार्ग हुँदै पहाडी तथा तराईका जिल्लामा हिँडेका सवारी अहिले सुनकोशी गाउँपालिकामा रोकिएका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले राजमार्ग भएर गन्तव्यतर्फ हिँडेका सवारी साधनलाई वैकल्पिक सडकबाट पठाउने कार्य भइरहेको बताउनुभयो ।

खहरेबाट सवारी साधनलाई एकातर्फ मात्र आवागमन गराइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ