arrow

मेयर माथी आफ्नो पार्टीले आक्रमण नगरेको बिप्लब समुहको भनाई

घटना रहस्यमै, सुख्खड बजार बन्द

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन २९ मंगलबार
mamata_biplav.png

धनगढी ।  सोमबार राती पश्चिम नेपालको कैलाली स्थित घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथी गरिएको आक्रमण आफ्नो पार्टीले नगरेको बिप्लब माओवादीले जनाएको छ ।

नेकपा माओवादी विप्लवका जिल्ला सचिवालय सदस्य विनोद विष्टले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै मेयर चौधरी माथीको आक्रमणमा नेकपा माओवादी बिप्लब ले नघटाएको स्पष्ट पारेको हो ।  नेत्रबिक्रम चन्द समुहको माओवादीले  आक्रमण गरेको हुन सक्ने आशंका भईरहेका वेला उसले बिज्ञप्ती निकालेर आफुहरुको संलग्नता नभएको जनाइएको छ  ।

जिल्ला सचिवालय सदस्य बिनोद बिष्ट द्वारा हस्ताक्षरित बिज्ञप्तीमा  ‘चौधरीमाथि भएको गोली एवं खुकुरी प्रहार घटना सुनियोजित हो’ भने, ‘हाम्रो पार्टी अहिले हतियार उठाएर जनकारवाही गर्ने पक्षमा छैन् ।’    भनिएको छ ।

  पार्टीले नगर प्रमुख चौधरीमाथि कारवाही गर्ने भनेर विज्ञप्ति जारी गरेको भएपनि पार्टीको जनकारवाहीमा हतियारले आक्रमण गर्ने कारवाही पनि नरहेको उनले बताए । सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले विप्लव नेतृत्वको माओवादीका तीन जना कार्यकर्तालाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय सुखडमा लगेको छ ।

राति घरमै सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिइएको थियो ।  पार्टीले कार्यकर्ता पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउँदै पक्राउ सबैलाई विना सर्त रिहाई गर्नुपर्ने, घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने लगायतका माग सो पार्टीले गरेको छ ।

  सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र धारिलो हतियारले आक्रमण गरेका थिए । चौधरीमाथि आक्रमण गरेपछि २ जना मोटरसाईकलमा र अन्य मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए । से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेका मेयर चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । यसैबीच कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी माथि साघातिक आक्रमणको बिरोधमा मंगलबार बिहानै देखी घोडाघोडी नगरपालिकाको मुख्य बजार सुखड युवा संघले बन्द गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ