arrow

करेण्ट लागेर रामेछापमा एकको मृत्यु

logo
ज्ञानु श्रेष्ठ,
प्रकाशित २०७४ फागुन २९ मंगलबार
current-killed.jpg

रामेछाप । रामेछापको मन्थलीमा घर वाइरिङ्ग गर्ने क्रममा विद्युत चुहावट भइ मंगलबार अपरान्ह एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको कमलामाइ नगरपालिकाका ३५ बर्षिय भुपेन्द्र थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार मन्थली १ आकाशेका देवेन्द्र श्रेष्ठको घरमा वाइरिङ्ग गरीरहेको बेला थापालाइ करेन्ट लागेको थियो । उनलाइ तत्कालै उपचारका लागि अस्पताल पुर्‍याएपनि उपचार संभव भएन । उनको शव पोष्टमार्टम गरी परिवारलाइ वुझाइने थापाले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ