arrow

आमा र बच्चाको पोषणमा सुधार आउँदै

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ फागुन ३० बुधबार
rukum-east.jpg

रुकुम। रुकुम पूर्वको भुमे गाउँपालिका ५ सेरावबाङ्गकी ३१ वर्षीया झममाया बुढाका तीन वटा छोराछोरी छन् । उनको पहिलो छोरी ५ बर्षको भईन भने छोरा ३ वर्षको भएन । अहिले उनको ७ महिनाको छोरी छन् । पहिलो छोरी र छोरालाई तीन महिनासम्म मात्र आफ्नो दुध दुवाएकी झममायाले कान्छी छोरीलाई भने ६ महिनासम्म दुध मात्र खुवाइन् ।

“पहिले तीन महिनासम्म मेरो दुध खुवाएर लिटो खुवाउन सुरु गरेको थिए, उनले भनिन्, अहिले यो छोरीलाई ६ महिनासम्म दुध मात्र खुवाए त्यसपछि लिटो खुवाउन सुरु गरेको छु ।” पहिले मलाई केहि थाहाँ थिएन घरको काम गर्नुपथ्र्यो अहिले त सुआहारा कार्यक्रम आएपछि यो सबैको बारेमा जानाकरी गरायो अनि जान्ने भएकी छु, उनले थपिन् ।

उनी जस्तै सिस्ने गाउँपालिका ६ रुकुमकोटकी सम्झना शाहाले पनि ८ महिनाको छोरीलाई ६ महिनासम्म आफ्नो दुध मात्र खुवाइन । उनले पनि स्वास्थ्य आमा समुहको बैठकमा यसबारेमा जानकारी पाएपछि आफ्नो छोरीलाई ६ महिना पुगेपछि मात्र अन्य खानेकुराको सुरुवात गरिदिइन् ।

झममाया र सम्झना जस्तै यहाँका सुनौलो हजार दिनका आमाहरुमा चेतनाको विकास भएसँगै आमा र बच्चाको पोषण स्थितिमा सुधार हुँदै गाएको छ । केहि बर्ष पहिलेसम्म गाउँमा कुपोषित बालबालिका भेटीने गरेपनि अहिले भने त्यो समस्या हटेको छ । जिल्लाको रुकुमेली समाज विकास केन्द्रद्धारा सुआहारा कार्यक्रम सञ्चाल भएसँगै आमा र बच्चाको पोषणमा सुधार आएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

अहिले गाउँमा गठन भएका स्वास्थ्य आमा समुहको प्रत्येक महिनामा हुने बैठकमा स्वास्थ्य र पोषण, सरसफाई लगायतको विषयम छलफल हुने गरेको सिस्ने गाउँपालिका ५ की सविना चन्दले बताईन् । आफुहरु पहिले कहिलेपनि आमा समुहको बैठकमा सहभागी नभएको भएपनि सुआहारा कार्यक्रम सञ्चालन भएपछि भने नियमित रुपमा बैठक बस्न थालेको र सबै सहभागी हुने गरेको उनको भनाई छ ।

जिल्लाका साविक सबै गाविसमा सञ्चालन भएको यो कार्यक्रमले गर्दा महिला र बालबालिकाको स्वास्थ्यमा थोरै भएपनि परिवर्तन आएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीको भनाई छ । पहिले बालबच्चाको स्वास्थ्य भन्दा पनि घरको कामलाई मुख्य ठान्ने आमाहरुको चेतनामा विकास आएको र पोषण स्थितिमा सुधार आएको उनको दावि छ ।

यसका साथै यो कार्यक्रममा सहभागी भएर प्रयाः सबैको घरमा करेसाबारी, घरआगनाको सरसफाई, नियमित शौचालयको प्रयोगको विकास भएको अध्यक्ष नेपालीले बताए । महिला र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने उद्धेश्यका साथ नमुना कृषकको रुपमा केहिलाई कुखुरा वितरण पनि गरिएको सुआहाराका जिल्ला कार्यक्रम संयोजक जनक भट्टले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ