arrow

यसरी पूजिँदैछ देवताको नाममा अजिङ्गरलाई 

logo
प्रकाशित २०७४ चैत १ बिहिबार
ajingar.jpg

सुखड । कैलालीको घोडाघोडी ताल क्षेत्रमा देखा परेको अजिङ्गरलाई देवताको नाममा पुजिदै छ ।  घोडाघोडी क्षेत्रमा रहेको रुइनिको रुखमाथी एक महिनादेखि अजिङ्गर बसिरहेको छ । 

कैलालीको घोडाघोडीनगरपालिका ४ माघिमा रहेको पशुपति प्रस्ताबित सामुदायिक बनबाट उद्दार  गरि ल्याइएको सो अजिङ्गरलाई  घोडाघोडी तालक्षेत्रमा छोडिएको  थियो । 

इलाका बन कार्यालय सुखड र स्थानियको  रोहबरमा मंसिरमा अजिङ्गरलाई ताल क्षेत्रमा छोडिएको हो । 

 ताल क्षेत्रमा छोडिएको अजिङ्गर  शिवरात्रीको  दिनदेखि नै  रुखमा देखिएपछि स्थानियले  देउताको रुप भन्दै पुज्दै आएका छ्न् ।

५ किलो  ७०० ग्राम  तौल रहेको अजिङ्गर बसेको रुखमुनि सिला, घन्ट, धजा राखी  स्थानिय ८८ बर्षीय पुजारी चन्द्र  दत्त सापकोटाले देउताको रुपमा पुजा गर्दै आएका छ्न् । 

स्थानिय बासिन्दाहरु पनि  देखा परेको अजिङ्गरलाइ  भगवानको रुपमा उत्पन्न भएको भन्दै पुजा तथा दर्सन गर्न आउने गरेका छ्न् । 

यता बन विशेषज्ञ डा राजेन्द्र केसीले अजिङ्गर जात एकदमै अल्छी हुने भएकाले खाने आहारा ढुकेर बस्दा महिनौंसम्म एकै स्थानमा बस्ने गरेको बताए । 

उनले भने ‘यसलार्इ देउताको रुपमा नलिइ सामान्य रुपमा लिनुपर्छ । अजिङ्गरले एक पटक खाना खाएपछी लामोसमय सम्म  खाना नखाएर बस्न सक्ने भएकाले रुखमा बसिरहेको हुन्छ ।’

अजिङ्गर आहार बिहारका लागि आफै रुखमा चढ्ने र झर्ने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ