- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा बुझाएका हुन् । उनि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।
पराजुलीलाई बुधवार न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र थमाएका थिए । उनले प्रधानन्यायाधीशको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबारनै सपथ खुवाएका थिए ।
राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ ।
सर्वोच्च अदालतमा बिहिवारदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरेका छन् । आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुनेछन् ।