arrow

गगन थापा भन्छन् –चुनाव हारेकाले हिनतावोध नगरौं पाठ सिकौं 

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
gagan-thapa1.jpg

काठमाडौं । चुनाव हारेकामा हिनतावोध नगर्न नेता तथा कार्यकर्ताहरुलाई नेपाली काँग्रेसका नेता गगन थापाले सुझाव दिएका छन् । उनले यसलाई पाठमा रुपमा लिएर अगाडि बढ्न आग्रह गरेका छन् । 

आफूहरुले गणतन्त्रका लागि लडिरहँदा ‘बयलगाढामा चढेर अमेरिका पुगिन्न’ भनी हाम्रो आन्दोलनलाई ब्यङ्ग्य गर्नेहरु अहिले सिंहदरबारमा प्रधानमन्त्रीका रुपमा रहेका छन् भन्दै थापाले चुनाव हारे पनि सिमरा र सिम्रौनगढ पुगेर मत माग्ने हैसियत राख्ने पार्टी काँग्रेसमात्रै रहेको ठोकुवा गरे । 

उनले केपी ओली र राजेन्द्र महतो दुवै ठाउँमा गएर मत माग्ने हैसियतका नभएको बताए । 

नेपाललाई जोड्ने पार्टी काँग्रेसमात्रै भएको भन्दै उनले काँग्रेस अझै नहारेको बताए । जितको गौरबबाट आफूहरु अगाडि बढ्नु पर्ने बताउँदै चुनावमा हारेको हारको तीतो यथार्थ बिर्सन नहुने स्मरण गराए । 

राजनीति जिते पनि काँग्रेसले निर्वाचन हारेको भन्दै यसको पार्टीभित्र गम्भीर छलफल हुनुपर्नेमा थापाले सुझाव दिएका छन् । 

पहिले काँग्रेसलाई भोट हालेको मतदाताले अहिले काँग्रेसलाई किन हालेन भनी हाम्रा तर्क नराखौं भन्दै थापाले मतदाताका कुरा पनि सुनेर अगाडि बढ्नु पर्नेमा जोड दिए । 

उनले उदार लोकतन्त्र विश्वमै दुर्घटनामा पर्ने अवस्था आएको भन्दै नेता थापाले आफूहरु सचेत हुनुपर्नेमा जोड दिए । 

बाम गठबन्धनसंग डराउनु पर्ने कुनै आवश्यकता नभएको भन्दै थापाले तर यो गठबन्धन अवसरका लागिमात्र दक्षिण गठबन्धन बन्दै गएको हो कि भनेका छन् । 

बामगठबन्धनले आफूहरुलाई दुस्मन ठानेकाले आफूहरुले मात्र प्रतिद्धन्द्धी ठानेर अर्थ नभएको बताउँदै कतै बामगठबन्धनले लोकतन्त्रलाई नै मास्ने हो कि भन्ने खतरा बढेको जनाए । 

नेता थापाले अबको चुनावमा नेपाल कम्युनिष्ट पार्टीसंग लड्ने भएकाले कम्तीमा १५ लाख मतदाता आफ्नो पक्षमा पाउनु पर्ने बताए । 

राजधानीमा चलिरहेको काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समुहको अन्तक्र्रिया कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा थापाले यस्ता विचार राखेका हुन् । 

उनले अनुहारमा दाग लागेपछि ऐना पुछेर नभइ अनुहारको दाग पुछ्नु पर्ने भन्दै कम्तीमा १५ वर्षका लागि पार्टीको कार्यक्रम ल्याउनु पर्ने बताए । 

पार्टी नेतृत्वले जवाफदेही बनेन भने त्यो ठूलो दुर्घटनामा पर्ने भएकाले नेतृत्व परिवर्तन गर्ने बेलासमेत आएको उनले बताए । 

गत बुधबारै आयोजना गर्ने भनिएको कार्यक्रम पार्टीको केन्द्रीय कार्यक्रमका कारण शुक्रबार भइरहेको हो । 

काँग्रेसलाई समय सापेक्ष र बदलिँदो परिस्थिति अनुसार चुनौतीहरुलाई चिर्न सक्ने संगठन कसरी बनाउने भन्ने सन्दर्भमा अन्तक्र्रियाको आयोजना भइरहेको हो । 

काठमाडौंको अनुपम फुटल्याण्डमा जारी कार्यक्रमबाटै आगामी महाधिवेशनको दिशासमेत तय गरिने जनाइएको छ । 

विभिन्न समुहमा रहेर पार्टी संगठनका लागि चिन्ता व्यक्त गर्दै आएका सबैलाई कार्यक्रममा निम्त्याइएको छ । 

चुनावमा पार्टीको पराजय भएपछि संगठित भएर पार्टी संगठनलाई चलायमान बनाउनुपर्ने तथा पार्टीको नेतृत्वका बारेमा समेत प्रश्न उठाउँदै आएकाहरुलाई समेत कार्यक्रममा निम्त्याइएको बताइएको छ। सिटौला हालै प्रदेश नम्वर ७ मा पार्टी कार्यक्रमहरुमा सहभागि भइ काठमाडौं आएका हुन्। 

केन्द्रीय समितिको बैठकअघि धेरै भन्दा धेरै नेता कार्यकर्ताहरुको कुरा सुनी उनीहरुले पार्टी हितका लागि राखेका धारणा बैठकमा राख्नको लागि समेत छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना भइरहेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ