arrow

पार्टीमा फर्क भन्ने प्रचण्डलाई भट्टराईको ''ट्वीट ठेङ्गा'' 

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
baburam-kp-parti-phutyo.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्तिका १९ जना कार्यकर्तालाई आफ्नै तिर ताने विहिबार । उनीहरुलाई पार्टी प्रवेश गराउँदै उनले नयाँ शक्ति संयोजक बाबुराम भट्टराईलाई मायाले गाली गरे पनि । 

पार्टीमा नफर्किर बाबुराम स्वर्गमा बास समेत नपाउने ठोकुरा गरे । धर्मको पाठ सिकाए र स्वर्गको लोभ समेत देखाए  । उनले भने, ‘हाम्रो त भनाइ बाबुरामजीहरू समेत यहीँ जोडिन आउनुपर्छ भन्ने हो । नत्र कुनै भविष्य छैन । मैले त उतिबेलै भनेको हो बाबुराम जीलाई  गल्ती गर्नुभएको छ तपाईले । ब्लन्डर गर्नुभएको छ। धेरै ठूलो भूल गर्नुभएको छ। यसको पश्चाताप गरेर फर्कनु पर्ने हुन्छ उहाँले । अनि मात्रै उहाँलाई माथि जाने बेलामा आनन्दसँग जान पाइन्छ । उहाँलाई नत्र पोलेको पोल्यै हुन्छ। दुख्ख उहाँलाई नै हुन्छ भन्ने चिन्ता छ हामीलाई।’

दाहालले धर्म र राजनीतिक भविष्यको समेत डर देखाएपछि भट्टराईले ट्वीट मार्फत् नै ठेङ्गा देखाएका छन् । उनले दाहाललाई ठेङ्दा देखाउन अविनको कार्टूनको सहयोग लिँदै, आफ्नै पार्टी सक्किन लागेको बेला, फर्केर आउ भन्नु तमासा हुने संकेत गरेका छन् । 

दाहाललाई जवाफ दिँदै भट्टराईले अब कोही लाटो छैन भन्ने पनि सिकाइ दिएका छन् । 

(नोटः ''लाटा'' शब्द भट्टराईको ट्वीटबाटै साभार गरिएको हो, यो शब्द प्रयोगबाट कसैलाई अपमानित गर्ने होच्याउने हाम्रो नियत, मनशाय होइन )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ