- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लिओनल मेस्सीको जादू कायमै रहेको छ । मेस्सीले स्पेनिस लिग ला लिगामा यो सिजनमा मात्र २५ गोल गरिसकेका छन् ।
आइतबार राति एथलेटिक बिलबाओ विरुद्ध गोल गर्दै मेस्सीले गोल संख्या २५ पुर्याएका हुन् ।
बार्सिलोनाको मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना २–० ले विजयी भयो ।
अर्को गोल फ्रान्सिस्को अल्कासरले गरे ।
यो जितपछि बार्सिलोनाले दोस्रो स्थानको एथलेटिको मड्रिडको भन्दा ११ अंकको अग्रता बनाएको छ ।
बार्सिलोनाको २९ खेलबाट ७५ अंक छ भने एथलेटिको मड्रिडको ६४ अंक छ ।
यो सिजनमा एक खेल समेत नहारी कीर्तिमान बनाएको बार्सिलोनाले अब केही खेल जिते उपाधि नै जित्ने पक्का हुनेछ ।