arrow

बेल्जियममा रहेको नेपाली पाठशालाले मनायो दोस्रो अभिभावक दिवस

logo
भरत प्रधान,
प्रकाशित २०७४ चैत ५ सोमबार
nepali-school-in-belgium.jpg

लिस्बन । बेल्जियमको राजधानी ब्रसेल्समा रहेको नेपाली पाठशाला नेपाल ब्रसेल्स बाल साँस्कृतिक केन्द्रले बिबिध कार्यक्रम सहित आफ्नो दोश्रो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि केन्द्रले दोश्रो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाले बिदेशी भूमिमा रहेर पनि नेपाली भाषा र लोक संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबद्धनका नेपाली समुदाय  लागी परेको देख्दा आफूलाई निकै खुशी लागेको बताए । नेपाली भाषा, र लोक सँस्कृतीको सँरक्षण र प्रबद्र्धन गर्नु हरेक नेपालीको दायित्व भएको उल्लेख गर्दै राजदूत थापाले प्रवासमा नेपाली पाठशाला सञ्चालन गर्नु प्रंशसनीय कार्य भएको बताए ।

केन्द्रकी संयोजक श्रीजना कार्की थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रका अभिभावक तथा एनआरएन बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एनआरएनएका केन्द्रिय सचिव जानकी गुरुङ, केन्द्रीय महिला संयोजक रजनी प्रधान, योगीता थापा, पदम गुरुड, सिता सापकोटा, जित लामा, अभिभावक सैलजा सापकोटा कट्टेल लगाएतले बोल्दै पाठशालालाई दिर्घकालीन सञ्चालनका लागी ठोस योजना बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रका महासचिव हरि श्रेष्ठले स्कुलले संचालन गर्ने क्रियाकलाप र गतिबिधीका बारेमा जानकारीमुलक डकुमेन्ट्री प्रस्तुत गरेका थिए। सो अवसरमा राजदुत थापाले पाठशालाका लागी ३० वटा नेपाली पाठ्यक्रम प्रदान गरे ।

कार्यक्रममा नेपाली भाषा, कला र संस्कृतिको बिषयमा चर्चा गरिनुका साथै केन्द्रमा अध्ययनरत बालबालिकाबाट नेपाली संस्कृती झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । सो अवसरमा केन्द्रका शिक्षिकाहरु शुसिला रोका, मन्जु भुषाल, प्रकृति श्रेष्ठ र केन्द्रकी नृत्य प्रशिक्षिका एडिना केसीलाई सम्मान समेत गरिएको थियो ।

फ्रेन्च स्कुलको भवनको कोठा भाडामा लिएर सञ्चालन गरिएको केन्द्रमा १६ बर्ष मूनिका ३५ जना नियमित नेपाली बिद्यार्थी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ