arrow

बालकृष्ण खाँण कांग्रेसको प्रमुख सचेतक, बुटवलमा भएका खाँण बेखबर

logo
प्रकाशित २०७४ चैत ६ मंगलबार
balkrishna_khad11.jpg

काठमाडौं । कांग्रेस सांसद बालकृष्ण खाँण काँंग्रेस संसदीय दलको प्रमुख सचेतक नियुक्त भएका छन् ।

पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले सांसद खाँणलाई दलको प्रमुख सचेतक नियुक्त गरेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।  

सांसद खाँण समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएका हुन् । देउवाको अति निकट मानिने खाँण प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रचारप्रसार संयोजक समेत भएका थिए ।

खाँणले आफु नियुक्त भएको थाहै पाएनन्
सभापति देउवाले खाँणलाई प्रमुख सचेतक बनाएको कुरा उनलाई नै थाहा दिएनन् । बुटवलबाट खाँणले हाम्राकुरासँग टेलिफोनमा भने, ‘यो खबर थाहा थिएन । तपाईबाटै सुन्दै छु । त्यसो हो भने मलाई भन्दा काँग्रेस र पार्टी सभापतिलाई बधाई भन्नु पर्‍यो ।’

उनले अगाडि भने, ‘म प्रदेश ५ को संसदीय दलको नेता चयनका लागि यहाँ आएको थिए । सर्वसम्मत नेता चयन गरियो । यत्तै धेरै व्यस्त भए । त्यतातिर कुनै ध्यान थिएन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ