arrow

गिरिजाप्रसाद कोइरालाको नाममा सडक मार्ग बन्ने, रिजालले गरे शिलान्यास

logo
किरण न्यौपाने,
प्रकाशित २०७४ चैत ६ मंगलबार
minendra-gp-koirala-road-stone-laying.jpg

रंगेली। लामो समयदेखि बाटो बन्ने आशामा बसेका मोरङको रतुवामाई नगरपालिका ५ गोविन्दपुरका स्थानियबासीहरु हर्षित भएका छन् ।  

सरकारको लगानीमा हुलाकी राजमार्गसँगै जोडीएको स्व गिरिजा प्रसाद कोइराला नामाकरण गरिएको चटपटे गोविन्दपुर चोकदेखि आईतबारे सडक खण्डको करिव साढे ३ किलोमिटर सडक कालो पत्रे हुने भएपछि स्थानियबासीहरु हर्षित भएका हुन् ।

मंगलवार एक कार्यक्रम बिच प्रतिनिधीसभा सदस्य डा मिनेन्द्र रिजालले विधिवत रुपमा सडकको शिलान्यास गरे। ५ करोडको लागतमा ५० फिट चौडाई र नाला सहित कालोपत्रे सडक बनाउने गरि रौता आर के जेभीले १ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का पाएको छ। 

सडक शिलान्याससंगै ठेकेदारले सडकको निर्माण समेत थालेको छ। सडक निर्माण हुने भएसंगै सो क्षेत्रका करिव १ हजार बढी परिवार लाभान्वित हुने भएका छन् । 

शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य डा रिजालले सडक निर्माणले स्थानियको जीवन शैलीसँगै गोविन्दपुरको विकासमा मद्धत पुग्ने हुनाले सबैले विकास निर्माणको कार्यलाई सहयोग गर्नुपर्ने बताए। सडकलाई क्रमागत रुपमा राष्ट्रीय राजर्मागसम्म जोड्ने रिजालले आश्वासन दिए। 

रतुवामाई नगरपालिकाका मेयर रविन राईले बाढीजन्य प्रकोपबाट पिडीत बन्दै आएका स्थानियहरुलाई तत्काल सहयोग पुर्‍याउन तथा उद्दार गर्न सो सडक निर्माणले सहज हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ