arrow

काँग्रेस निकट कर्मचारी युनियनमा पौडेल र सिटौला पक्ष हावी, देउवानिकट पराजित, नतिजासहित 

logo
प्रकाशित २०७४ चैत ७ बुधबार
deuba-poudel-sitaula.jpg

काठमाडौं । नेपाली काँग्रेस निकटको नेपाल निजामति कर्मचारी युनियन (संघ) मा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षमा उम्मेदवार हावी भएका छन् । 

सिटौला पक्षको समर्थनमा पौडेल पक्षका गोपाल प्रसाद पोखरेलले नेतृत्व पड्काएका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका राजेन्द्र बुढाथोकीलाई हराए । 

पोखरेलले २८४ मत पाउँदा बुढाथोकीले २५४ मत पाए । पोखरेलले ३० मतले जिते । 

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र प्रसाद अधिकारीले फराकिलो मतले सुजित कुमार केसीलाई पराजित गरेका छन् । 

चितवनको रत्ननगरमा भएको सातौँ महाधिवेशनमा अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भए । महासचिवमा सुवास कोइराला निर्विरोध भएका थिए । बुधबार बिहान सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ । 

पाँचजना भने पछि मनोनयन हुने व्यवस्था रहेको छ । तीनवर्षीय कार्यकालका लागि सचिवमात्रै सात जना निर्वाचित भएका छन् । 

गत चैत ४ गतेदेखि चलेको महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए । 

कर्मचारी युनियनका अधिकांश पदमा पौडेल  र सिटौला पक्षले कब्जा जमाउँदा देउवा पक्षलाई झड्का लागेको छ । 

केही नेताहरु भने खुलेरै व्यक्तिगत चिनजानका आधारमा पनि मत माग्न लागेका थिए । 

प्रवक्ता विश्वप्रकाश शर्मा खुलेरै पोखरेलको पक्षमा लागेका थिए भने दिपक गिरी बुढाथोकीको पक्षमा लागेका थिए । 

कोर क्याम्पमा रहेका कारण एनपी साउदले बुढाथोकीलाई मत मागेका थिए । 

निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपले सिटौला पक्षका नेताहरु पनि लबिङमा देखिएका थिए । 

लगातारको पराजयपछि देउवा पक्षलाई आगामी ट्रेड युनियनको महाधिवेशनमा समेत असर पर्ने देखिन्छ । 

यसले सिंगो काँग्रेसकै राजनीतिमा प्रभाव पार्नेछ । बुद्धिजीवी संघमा पौडेल र सिटौला पक्ष हावी हुँदा देउवा पक्षले लगातार पराजय बेहोरेको हारले पार्टीभित्र नयाँ संकेत देखिएको बुद्धिजीवीहरुले भन्न थालेका छन् ।  

यसअघि भएको शिक्षक संघको चुनावमा पनि सिटौला पक्षको समर्थनमा पौडेल समूह विजयी भएको थियो । 

कर्मचारी युनियनको निर्वाचन परिणामको लिष्ट यस्तो छ –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ