arrow

कागेश्वरी नगरपालिकाका मेयरलाई जनताको पक्षमा काम गर्न कांग्रेसको दबाब

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
kageswari.jpg

काठमाडौं । नेपाली काँग्रेसका कागेश्वरी नगरपालिकाका नेताहरुले नगरपालिकाका प्रतिनिधिलाई जनताका काम गर्न दबाब दिएका छन् । गत असार २१ गते १७ बुँदे मागसहित ज्ञापनपत्र बुझाए पनि नगरपालिकाले काममा ढिलाई गरेको भन्दै फेरि उनीहरुले झक्झकाएका हुन् । 

कागेश्वरी नगरपालिकामा झिनो मतान्तरले पराजित भएका काँग्रेस क्षेत्र नं २ का सभापति समेत रहेका उपेन्द्र कार्की भन्छन् –कागेश्वरी नगरपालिकालाई उदाहरणीय नगरपालिका बनाउन कुनै कसर बाँकी नराख्ने र मेयरसहित नगरकार्यपालिकालाई सकारात्मक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थियौं तर त्यसको सुनुवाइ भएन । 

कार्की निर्वाचित मेयरलाई बधाई दिन आफै उनको घर समेत पुगेका थिए । तर नगरपालिकाले कार्कीको त्यो भनाई र प्रतिवद्धतालाई खिल्ली उडाउँदै नगरवासीहरुको हित विपरित अनावश्यक, कर संकलन साथै शुसाशन दिन नसकेको भन्दै १७ बुँदे ज्ञापनपत्र पेश गरेको हो । 

काँग्रेस नगरसमितिले नगरप्रमुखलाई विकास निर्माण मनोमानि गरेर होइन व्यवस्थित र सरोकारवालाहरुलाई साथै राखेर गर्न समेत भनेको छ । 

ज्ञापनपत्र बुझाउन काँग्रेस कागेश्वरी नगरसमितिका सभापति नवराज पुडाशैनीका साथमा क्षेत्रीय सभापति उपेन्द्र कार्की, पूर्व सांसद दिपक कुइकेल लगायत काँग्रेस नेता तथा कार्यक्रताहरुको बाक्लो समुह नगरकार्यालय पुगेको थियो ।

यस्तो छ १७ बुँदे मागपत्र –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ