arrow

खुमबहादुरले उठाएको हिन्दू राष्ट्रको एजेण्डालाई कसले देला निरन्तरता ?

logo
डम्बर अधिकारी,
प्रकाशित २०७४ चैत १९ सोमबार
khum-bahadur.jpg

काठमाडौं ।  मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरे सँगै कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का खरो आलोचनामा उत्रिए । त्यतिमात्र होइन खड्काले हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने माग राख्दै कमलादीमा एउटा विशेष कार्यक्रम समेत आयोजना गरे । त्यस्तै पटक-पटक केन्द्रीय कार्य समितिको बैठकमा यो विषयलाई उठान गर्दे आईरहे ।

 तर कांग्रेस नेता खुमबहादुर खड्काले उठाएको माग प्रति कांग्रेस पार्टीले कुनै सुनुवाई गरेन । तैपनि खड्काले यो मागलाई उठाई रहे । शुक्रबार भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा खड्काको ६६ बर्षको उमेरमा निधन भएसँगै एउटा प्रश्न चिन्ह कौतहुलताको विषय सिर्जना भएको छ । त्यो विषय अब कांग्रेस भित्र खुमबहादुर खड्काले उठाएको हिन्दू राष्ट्रको आवाज कसले उठाउँला भनेर ।

 स्वर्गीय खड्काले उठाएको हिन्दू राष्ट्र स्थापनाको माग आम सर्वसाधारणको माग भएको सिङगो मुलकबासीको ठम्याई रहेको थियो ।यत्ति हो कि हिन्दू राष्ट्रको मागलाई सर्मथन गर्दे गर्दा चुनावमा भोट आफ्नो पार्टीलाई नपर्ने भय र विदेशीहरु बेखुसी हुने डरले प्रमुख राजनीतिक दलहरुले यो आवाजले सुन्ने प्रयास गरेनन् । तरपनि हिन्दू धर्मको मागलाई सशक्त आवाज उठाउनु पर्ने आम नेपाली जनताको भित्रि मनसाय रहेको छ । यहाँ सम्मकी बुद्ध र मुस्लिम धर्मालम्बीहरुले समेत आफ्नो धर्मको रक्षाका लागि नेपाललाई हिन्दू राष्ट्र नै बनाउनु पर्ने आवाज उठाउँदै आईरहेको अवस्था छ । तर खड्काको निधनसँगै यो मुद्धालाई कांग्रेस भित्र कसले सशक्त ढंगले आवाज उठाउला भनेर निकै चासो साथ हेरिएको अवस्था छ ।  

कांग्रेसको आन्तरिक राजनीतिलाई नजिकबाट नियालेर हेर्ने हो भने खड्काले उठाएको हिन्दू राष्ट्रको मुद्धालाई उनी निकट मानिने केन्द्रीय सदस्य शंकर भण्डारी लगायतका नेता तथा कार्यकर्ताले साथ दिदै आईरहेका थिए । यसरी साथ दिनेक्रममा केन्द्रीय सदस्य भण्डारीले पार्टीको केन्द्रीय कार्य समितिको बैठक देखि विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा केन्द्रीय सदस्य भण्डारीले खुलेर साथ दिदै आएका थिए । केन्द्रीय सदस्य भण्डारी आजका मिति सम्म नेपालमा बढ्दो विदेशी हस्तक्षेप रोक्नका लागि पनि मुलुकलाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने पक्षमा रहेका छन् । यहाँसम्मकी केन्द्रीय सदस्य भण्डारी नेपाललाई हिन्दू राष्ट्र घोषणा नगर्ने हो भने मुलुकको अस्तित्व नै खतरामा पर्ने अवस्था सिर्जना हुन सक्ने भण्डारीको जिकिर रहेको छ । यस्तो जिकिर गर्दे आएका भण्डारीले खड्काको  अनुपस्थितीमा कुन हिसाबले उठान गर्छन । त्यो पनि आम सर्वधारणले निकै चासोका साथ हेरिरहेको अवस्था छ ।

मुलुकको राजनीतिलाई नजिकबाट नियालि रहेकाहरु आमसर्वसाधरणहरु बहुसंख्यक हिन्दूहरुको थलोको रुपमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने आवाज उठाउनुपर्ने बताउँछन् ।यहाँ सम्मकि यो विषयालाई जनमत संग्रहमा लैजान समेत कञ्जुस्याई गर्न नहुने ठहर सर्वसाधरणको रहेको छ ।  तर त्यति सहज देखिदैन । त्यसका लागि संघर्ष नै गर्नुपर्ने देखिन्छ ।

हेरौ, विगतमा खुमबहादुर खड्काले उठाएको हिन्दू धर्मको मुद्धालाई विगतमा खड्कालाई साथ दिदै आएका केन्द्रीय सदस्य शंकर भण्डारीहरुले खड्काको अनुपस्थितमा निरन्तरता दिन्छन् कि दिदैन ?त्यो त भविष्यले नै देखाउँने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ