arrow

अहिलेसम्म बार्गेनिङ गरेर झ्यालबाट दिइन्थ्यो रूट पर्मिट, पञ्चायती शैलीकाे निर्णय मान्य छैन (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ चैत २० मंगलबार
buss.JPG

यातायात व्यवस्था विभागले सार्वजनिक यातायात नियमन गर्न १० वटा कार्यविधि ल्याएको छ । ती कार्यविधि र निर्देशिकाले अब रुट परमिट यातायात व्यवसायीको नाममा सोझै पाइने छैन । अब गाडी चलाउने नै हो भने कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएर विभागमा पञ्जिकरण हुनुपर्छ । यो विषयमा व्यवसायीले विरोध गरेका छन् । यसै विषयमा हामीले राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष विजयबहादुर स्वाँरसँग कुराकानी गरेका छाैँ । 

० महासंघको आकस्मिक बैठक केका लागि ?
– सरकारले १० बुँदे निर्देशिका जारी ग-यो भनेर हामीले सञ्चारमाध्यमबाट सुन्यौं । नागरिकको सम्पत्ति पञ्चायती शैलीबाट यो नियन्त्रण गर्ने तरिका भयो । यो परिस्थिति ठीक भएन, त्यसैले हामीले आकस्मिक बैठक बोलाएका हौं । सरकारले यो देशको नागरिक चिन्दिन भन्नु आपत्तिजनक हो । आजसम्म हाम्रा पत्रहरु लिने, हाम्रा कामहरु गर्ने, अहिले चिन्दनँ भन्नु हास्यपद कुरा हो । २६ गते हाम्रो परिषद् बस्दैछ, त्यसले जे निर्णय गर्छ, त्यहीअनुरुप हामी अघि बढ्छौं । 

० परिषद् बैठक बस्ने निर्णय गर्नुभयो ?
– हो, सञ्चारमाध्यममा आएको कुरालाई खण्डन गरेर विज्ञप्ति जारी गरेका छौं । संघसंस्था ऐनअन्तर्गत भएका समितिहरु हुन् । महासंघ निर्देशन ऐनअन्तर्गत दर्ता भएको हो । परिवर्तित रुपमा अघि जानुपर्छ भनेर सरकारले यसअघि पनि भनेको थियो । विभागको काम दुरुस्त भएन, यसले जुन रुपमा काम गर्नुपथ्र्यो गरेन । व्यवस्थापन गरेन । रुढ इजाजत दिएर मुनाफा कमाउने काम मात्र भयो । देशमा अग्रिम कर तिर्ने भनेका यातायात व्यवसायी मात्र हुन् । हचुवाको भरमा निर्देशन दिनु हुँदैन ।

यो लोकतन्त्र हो, लोकतन्त्रमा स्टेक होल्डरसँग सरकारले सहमतिका आधारमा अघि बढनुपर्छ । हामीलाई सेन्सरसिप लागू गर्न खोजिएको छ । हामीलाई विभाग चिन्दो रहेनछ, त्यसकारण विभागभन्दा माथिको निकायसँग वार्ता र छलफल गछौं । रोयल्टीको पनि कुरा आएको छ । रोयल्टी कसले तिर्ने हो ? प्रयोगकर्ताले तिर्ने हो ? सिनेमा हलमा सिनेमा हेर्न गइयो भने मनोरञ्जन कर सिनेमा हलले तिर्दैन । जसले सिनेमा हेर्छ, त्यसले तिर्ने हो । सार्वजनिक यातायातमा अर्को निर्देशन नआएसम्म गीत संगीत बच्दैनन ।

० कार्यविधि पढ्न पाउनुभयो ?
– छैन ।

० तपाईंहरुले सेन्डिकेट लाद्नुभएको आरोप छ नि ?
– आरोप लगाएर मात्र हुँदैन । व्यवस्थापनमा केही कमिकमजोरी होलान् । यातायात व्यवस्था विभागको काम सम्पूर्ण रुढको व्यवस्थापन गर्ने हो । आजसम्म के व्यवस्थापन ग-यो त ? रुढ प्रमिट दिँदा सडकको क्षमता, अवस्था, गाडीको संख्या र उपभोक्ताको संख्यालाई आधार मानेर अध्ययन गरेर आवश्यकताअनुसार रुढ प्रमिट दिन स्पष्ट नियमावलीमा लेखिएको छ । त्यो नियमावली उहाँहरुले किन लागू गर्नुभएन । उहाँहरुलाई जे चाहिन्छ, त्यो लागू गर्दै जाने, यातायातमा सुधार गर्ने कुरा लागू नगर्ने ?

० कुन नियमावली लागू गरिएन ?
– रुट पर्मिट कसरी दिने भन्ने कुरा नियममा छ ।

० अहिलेसम्म कसरी दिइएको थियो ?
– अहिलेसम्म जो माग्न गयो, उसँग बार्गेनिङ गरेर झ्यालबाट दिइन्थ्यो । हामीले ढोकाबाट दिने व्यवस्था गरौं भनेर माग गरेका हौं । कुरा यहाँ नै नमिलेको हो, हामीमाथि सिन्डिकेटको आरोप लागेको पनि यही हो । बनेपामा १३ वटा समितिले नियमअनुसार नै आलोपालो गरी सेवा दिइएको हो । जहाँ पनि क्युमा बसेर नै दिने हो । अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही हो । नयाँ नियम छ भने हामी छलफल गरेर त्यसआधारमा हामी जान तयार छौं ।
सार्वजनिक पूरा गर्ने दायित्व सरकारको हो । सरकार यो दायित्वबाट चुकेको छ । यो ग्याप नागरिकले पूरा गर्नुपर्छ भनेर आफ्नो बुद्धि र विवेकले भ्याएसम्म व्यवस्थापन गरिएको छ । हामीले चाहेको रुटमा हामीले यातायात गुडाउन पाउँदैनौं । विभागको सिफारिस र निर्देशनको आधारमा हाम्रा गाडीहरु सडकमा गुडिरहेका छन् ।

० सिन्डिकेट गर्ने गाडीको रुट खारेज गर्ने कुरा गरेको छ सरकारले ?
– सरकारले बनाएको नियम सबै पालना हुन्छन भन्ने छैन । ४ प्रतिशतले असहमति जनाउँदा संविधान संशोधन हुने अवस्थामा छ । यातायात क्षेत्रमा ४ खर्ब रुपैयाँ लगानी भएको छ । २० लाखभन्दा बढीले स्वरोजगार पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ