arrow

आईजीका दाबेदार कार्की भन्थे : चाकडी गर्नेलाई देख्नै सक्दिन

झारा टार्ने र दायाँबायाँ गर्नेको चाहिँ खोइराे खन्थे

logo
प्रकाशित २०७४ चैत २२ बिहिबार
puskar.JPG

काठमाडौं । गुण्डा नाइके चरी भनेर चिनिएका दिनेश अधिकारीको इन्काउन्टर, गौचनका हत्यारा पक्राउदेखि यौन शोषण गर्ने अवतारी लामा, सुन तस्कर र चिम्पान्जी व्यापारीसम्मलाई ठेगान लगाएका डीआइजी पुष्कर कार्की भावी आइजीपीका प्रवल दावेदारमध्येका एक हुन् ।

२०४६ सालमा नेपाल प्रहरीको इन्सपेक्टरमा नाम निकालेका कार्की संगठनमा स्वच्छ छवी भएका अधिकृत मानिन्छन् । उनी सीधै भन्दै चाकडी मलाई फिटिक्क मन पर्दैन । २०५१ सालदेखि उनकै मातहतमा काम गर्दै आएका केही प्रहरी कर्मचारी भन्छन् उनी चाकडी गर्नेलाई भन्दा राम्रो काम गर्नेलाई प्यार गर्छन् । 

फोस्रो औपचारिकता मन नपराउने 
कार्कीले लामो समय प्रहरी मुख्यालयमा विताएका छन् । कार्यालय समयभन्दा अघि नै कार्यालय पुग्ने कार्की काम परे जति समय पनि खटिदिन्छन् । प्रहरीको मान्यतानै छः आफुभन्दा सिनियर अगाडी परेपछि तिनिक्क तन्किएर सलाम ठोक्ने, बसेको ठाउँबाट उठिदिने । उनी आफ्नै आफुभन्दा सिनियसलाई यसैगरी सलाम ठोक्छन् पनि ।

तर उनी काम गरेर बसिरहेका कर्मचारी उठेर औपचारिक सम्मान गरेको खास रुचाउँदैन थिए । बस बस उठ्न पर्दैन भनेर कराउँथे । तर “सरले जति भनेपनि, नउठी बसिरहन चाहिँ सकिएन । न सरले भित्रभित्रै पो जाँच गर्थे कि के थाहा ? त्यसैले उहाँले दिन दिनै उठ्न पर्दैन भन्दा पनि सम्मानका लागि उठ्ने बानी चाहिँ छाडिएन”, ती प्रहरीले सम्झिए ।  

आफुलाई ठालु नठान्ने  
सामान्यतया प्रहरी अधिकृतहरु भरसक जवानको मेसमा खान जान नपरे हुन्थ्यो भन्ने सोच्छन् । उनीहरुका लागि छुट्टै अफिसर मेस हुन्छ । तर कार्की जवान मेसमै गएर खाना खान रुचाउँथे । मीठो मसिनो भन्दा जवानले जस्तो खान्छन्, त्यहीँ गएर उनीहरुसँग गफ मार्दै खान रुचाउने । जवान मेसमा पाकेका खाना खाँदा पनि कुनै दिन मीठो भएन भनेको सुनिएन । जति रुच्छ ग्वामग्वाम खाने, ती प्रहरीले सम्झिए । साथै  जवानहरुले खाना खाए नखाएको असाध्यै विचार गर्ने । कतिसम्म भने मतहातका कोही प्रहरी बिरामी भएर घरमा बसेको थाहा पायो भने, फोन गरेरै के कस्तो छ भने अझै पनि जानकारी लिने गर्छन् । 

अफिसर भइसकेपछि काम विशेषले कार्कीलाई भेट्न जानेको संख्या ठूलै हुन्थ्यो । कार्कीले समय पुगे सम्म आम सर्वसारणलाई पनि भेट्ने समय दिन्थे । अरु अफिसर जस्तो समय छैन पछि आउनु भनेर हप्कीदप्की लगाउने गरेनन् । मिडियासँग त अबस्था प्रतिकुल परेकै अबस्थामा बाहेक समय दिइहाल्छन् । 

हुर्मत लिन नम्बर एक :
आफु मातहतका कर्मचारीलाई मायाँ गर्ने मात्रै होइन भनेको काम बिगार्ने, दायाँ बायाँ गर्ने र संगठनको छवि बिगारेको सुइँको पाए भने चाहिँ पुष्कर कार्कीको रौद्र रुप देखिन्थ्यो । कोठामा बोलाएर भकुरम्ला झैं गर्थे । तर हत्तपत्त हातै चाहिँ नहाल्ने । त्यति गर्दा पनि उनलाई ठीक भएको जस्तो लागेन भने चाहिँ भेट्थ्यो कार्की धुलाइ ।

तर अन्तमा मीठो पाराले सम्झाउँथे यस्तो गर्नु हुँदैन भनेर । बाहिर असिन पसिन भएर निस्कँदा पनि केटाहरु मूड रामै्र बनाएका देखिन्थे । तर एउटा बानी भने अजिब छ कार्कीको । “जब उनी कसैलाई मन पराउँदैनन्, त्यस्ताको त खोइरै खन्ने हो, खेदो नै खन्ने हो”, ती प्रहरी असइले भने, “त्यसैले सर नजरमा गिर्ने गरी काम गर्ने हिम्मत मुख्यालयमा कसैले गरेको पाइन मैले त” । 

कमिसन बाँडफाँड :
सुन लगायतका बहुमुल्य सामान बरामद गर्दा प्रहरीले निश्चित रकम कमिसन पाउने गर्छ । यो राज्यले नै प्रहरीको मनोबल बढाउन दिएको सुबिधा हो । कार्कीको नेतृत्वमा त टोखा ११ सामाखुशीमा १४ किलो सुन नै बरामद भएको थियो । यस्ता थुप्रै घटना छन् । ती असइले भने, “कमिसन बाँडफाँडको विषयमा सरले कहिल्यै लोभ गरेको पाइन ।

सबलाई बराबर बाँडिदिने । अपरेशन टोलीका सबै फिल्डमा खटिँदैनन् । कतिपय कर्मचारी कार्यालयमा पनि बसेका हुन्छन् । सरले, अपरेशनको बेला फिल्डमा गएका मात्रै होइन, कार्यालयमा बसेका जवानलाई पनि बराबरी नै कमिसन बाँडिदिनु हुन्थ्यो ।

हामीलाई चाहिँ उनीहरु बसिबसि पनि कमिसन पाए भनेर लोभ लाग्थ्यो । भन्न के सक्नु । फेरी अर्को बेला उनीहरु अपरेशनमा जाँदा हामी कार्यालयमा हुन्थ्यौं, कमिसन पाइन्थ्यो । हिसाब बराबर” । तर ती असइको एउटा गुनासो चाहिँ छ, “सरले बाहिर कतै लगेर खाजा ख्वाइदिए हुन्थ्यो नि जस्तो तो लाग्ने तर अहँ कहिल्यै त्यसरी चाहिँ नखुवाउने” । 

बाइकको पछाडी बसेर घुम्ने 
२०५१ साल तिरको कुरा हुनुपर्छ यो । कार्की डी एसपी भएका थिए । त्यो बेलका एकजना हवल्दारले भने, “बेला बेलामा फिल्डमा खटिइरहनु पर्ने । सरले कहिल्यै आफैं बाइक चलाएर हिँड्नुभएन । एकजनालाई चलाउन लगाउने आफु पछाडी बस्ने र घुम्ने । पछि मात्रै थाहा भयो उहाँलाई बाइक चलाउन नआउने रहेछ । एसएसपी भएपछि त गाडी पाउनुुभयो । त्यसपछि त किन सिक्न पर्यो र है''। 

आइजी बन्ने चान्सेस् 

२०७४ को साउनमा एसएसपीबाट बढुवामा पर्दा कार्की तेश्रो बरियतामा थिए। त्यसपछिको कार्यसम्पादन मूल्यांकन सार्वजनिक भएको छैन । यो अबधीमा केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख हुँदा कार्कीले थुप्रै काम गरेका छन्, सुन तस्कर समात्नेदेखिका ।

अर्को कुरा अधिकांश पूर्व आईजीहरु, अधिकृत स्तरमा हुँदा त्यो भन्दा अगाडीका एआईजी आईजी (प्रहरी भाषामा चिफ साब) का पीए भएको पाइन्छ । कार्की इन्सपेक्टर हुँदा उनी तत्कालिन एआइजी अच्यूतकृष्ण खरेलका अनि त्यसपछि पूर्व आईजी प्रदीप शमशेर जबरा र कुवेरसिंह रानाका पीए थिए । 

याे पनि पढ्नुस्

'आईजीपी दाबेदार' खरेल भन्थे : गल्ती गर्नेलाई जिउँदै गाड्छु



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ