arrow

सिन्को नभाँची बिदा हुने भए सशस्त्र प्रमुख, यस्ता छन् आरोप

logo
प्रकाशित २०७४ चैत २३ शुक्रबार
Singha-Bahadur-Shrestha-apf-chief_(1).jpg

काठमाडौं । सशस्त्र प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ प्रहरी मुख्यालयमा देखिने गरी थुप्रै  काम अलपत्र पारेर सेवा निवृत्त हुने भएका छन् । ०४४ साल चैत २९ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी २०५८ सालमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । 

त्यसपछि उनी निरन्तर सशस्त्रमै रहेर प्रमुखसमेत बने । श्रेष्ठ गत वर्षको फागुन १ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार सशस्त्र प्रमुख बन्ने अवसर पाए । उनले एक वर्ष बढी समय सशस्त्र प्रमुख रहेर काम गरे । तर उनका निकटस्थहरु भन्ने गर्छन् कि उनले जागिर खाए तर सशस्त्रमा प्रमुखले गर्नुपर्ने अहम् कामहरु अलपत्र छाडेर गए । 

उनलाई लगाइएका आरोपहरु यस्ता छन् –
१, लामो समयदेखि सशस्त्रमा प्रमोशन रोकिएको छ । सहायक हबल्दारदेखि एसपीसम्मको बढुवा रोकिएकाले सशस्त्र भित्रकै अवस्था गम्भीर बन्दै गएको छ । आइजी श्रेष्ठले त्यसतर्फ ध्यान नै दिएनन् । यसरी प्रमोशनबारे कुनै निर्णय नै नगरी बाहिरिँदा उनको सक्षमतामा प्रश्न उठेको छ । स्रोत भन्छ –अधिकांश जवानले सेवाबाट राजीनामा दिई विकल्प खोज्ने तयारी गरिरहेका छन् । 

२, एआइजी व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य । फाजिलमा रहेका एआइजीहरुको व्यवस्थापन नै हुन सकेको छैन । 

३, सशस्त्रको फर्मल पुलिस युनिट एफपीयु (शान्ति सेनामा सहभागीता) गराउन नसकेको आरोप आइजी श्रेष्ठमाथि लागेको छ । संयुक्त राष्ट्र संघबाट माली मिसनका लागि स्वीकृति भए पनि त्यहाँ खटाउन सकेनन् । एमपीभी नभएकाले उनले मालीमा खटाउन नसकेको स्रोत बताउँछ । सशस्त्रबाट दक्षिणी सुडानमा मात्र शान्ति सेना जाने गरेको छ । यसरी शान्ति सेनामा धेरैभन्दा धेरै सशस्त्र प्रहरीले जान नपाएपछि उनीहरुको आर्थिक अवस्था सुधारिन पाएको छैन । 

४, सशस्त्र मुख्यालय हलचोकमा पानीको व्यवस्थापनसमेत गर्न नसकेको । पानीको हाहाकार हुँदासमेत वास्ता नगरेको ।

५, ठेक्कापट्टाका कामहरु केही पनि हुन नसकेको ।

६, नियमित रुपमा कर्मचारीले पाउने सामग्री समेत पाउन नसकेको । 

७, धेरै काज निकाल्न नमिल्नेमा आइजी श्रेष्ठले धेरै काज निकालेका छन् । उनले प्रक्रिया नै पूरा गर्न सकेका छैनन् । 

८, सरुवा गराउन नसक्नु । पूर्व र पश्चिममा अहिले पनि डीआईजीको पोष्ट खाली छ । त्यसैगरी एसएसपीको सरुवा नै हुन सकेको छैन । 

९, सशस्त्र प्रहरी बलकै इतिहासमा सबैभन्दा ठूलो कलंकका रुपमा आगलागी काण्ड उनैले गराएको आरोप छ । केन्द्रीय लेखा आइजीकै मातहतमा रहने भएको र त्यहाँ रहेका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका अवस्थामा आगलागी भएको थियो । त्यसबारेमा अनुसन्धानका लागि एक जना पक्राउ परे पनि अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन । 

१०, प्रायः समयअवधि सकिन एक महिना बाँकी छँदा घरबिदा बस्ने चलन छ । तर उनी अहिलेसम्म बिदा बस्ने नामै लिँदैनन् । 

अन्त्यमा, उच्च स्रोत भन्छ उनी –निट एण्ड क्लिन छन् । किन त ? स्रोत भन्छ –किनकि उनी कुनै पनि काम गर्न डराउँछन् । कामै नगरेपछि त्यहाँ कुनै घोटाला हुने सम्भावना रहेन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ