arrow

नेपालले बोआओ सम्मेलन मिस गर्नु र ओली भारतमा दंग पर्नुलाई के बुझ्ने ? 

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
oli-india-group1.JPG

काठमाडौं । चीनमा आइतबारदेखि सुरु भएको बोआओ फोरम फर एसिया सम्मेलनमा नेपाल सहभागी नहुनुलाई भारतको सफलताका रुपमा औंल्याइएको छ । भारत नेपाललाई नजिक पार्न खोज्दै गर्दा चीनमा भइरहेको यतिठूलो सम्मेलनमा नेपालले मौका गुमाउनु पक्कै राम्रो कदम होइन । 

परराष्ट्र मामिलाका जानकारहरु यो कदमलाई नेपालको असफल रणनीतिको कदमका रुपमा लिन्छन् । परराष्ट्र मामिलाका जानकार शंकर तिवारीले सम्मेलनमा भाग नलिनु सहाउने कुरा नभएको टिप्पणी गर्छन् । 

उनले हाम्राकुरासंग भने प्रधानमन्त्री ओली नभए पनि हामीसंग पूर्वराष्ट्रपतिदेखि बहालवाला राष्ट्रपति, उपराष्ट्रपति, परराष्ट्रविद्हरु पनि छन्, एमाले र माओवादीका पूर्व प्रधानमन्त्रीहरु पनि छन् यस्तो अवस्थामा कसैलाई पनि नपठाउनु भारत रिसाउँछ कि भनेर हो जस्तो लाग्छ ।’

तिवारीले महादेश स्तरीय सम्मेलनमा नेपालकै प्रतिनिधित्व नगराउनु दुर्भाग्य भएको पनि बताए । 

आइतबार चैत २५ देखि २८ गतेसम्मको सम्मेलनका लागि अझै पनि कोही सहभागी हुने सम्भावना छ । तर परराष्ट्र स्रोतले कसैको सहभागीताको टुंगो नभएको बताउँछ । 

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणका लागि भारतलाई नै छान्ने परम्परालाई ओलीले निरन्तरता दिनुभित्र गहन रहस्य रहेको पनि परराष्ट्र मामलाकारहरु बताउँछन् । 

नेपालले भारत र चीनलाई बराबरी आँखाबाटै हेर्नुपर्ने थियो । ओली कम्युनिष्ट भएकैले पनि चीनप्रति बढी झुकाव दिन सक्थेहोला । त्यसो गरेनन् । या भारतलाई पहिलो प्राथमिकता दिए । 

यसले चीनको हेराईमा परिवर्तन आउने हो वा ओलीले चीनलाई पनि फकाउन अर्को कुनै कदम चाल्ने हुन् ।  

नेपालका राष्ट्रप्रमुखको बोआओ सम्मेलनमा संलग्नता रहँदै आएको छ । तर यसपटक चर्चा नहुनु आफैमा दुर्भाग्य हो । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अजरबैजानको राजधानी बाकुमा असंलग्न राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन गएर फेरि भारतमै फर्के । तर चीनमा संलग्न नुहुनले केही न केही गलत नीति सरकारले अपनाएको हो कि भन्ने बुझ्न सकिन्छ । 

नेपालका लागि दुई महत्त्वपूर्ण सम्मेलनकै समयमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जानु र दंग पर्नुले भारतीय नेपालप्रतिको नीति सफल भएको स्पष्ट छ । तर भारत सफल हुँदै गर्दा नेपाल नीति के हो त ? भन्ने प्रश्न झनै टड्कारो बनेको छ । 

एसिया क्षेत्रको आर्थिक समन्वय तथा विकासका लागि साझा मञ्चका रूपमा रहेको बोआओ सम्मेलन नेपालका लागि उत्तिकै महत्वको विषय हो । 
अघिल्लो कार्यकालमा भने प्रधानमन्त्री ओलीले नै बोआओ सम्मेलनमा सम्बोधन गरेका थिए । 

चीनको देन 
उच्च चिनियाँ स्रोतका अनुसार चीनले नै नेपालका कम्युनिष्टलाई एक बनाउने प्रयास गरेको हो । यो प्रयास सफल भएरै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गर्यो । 

चीनकै प्रयासले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैछ । तर त्यही चीनमा भइरहेको विशेष सम्मेलनमा नेपालका उच्च पदस्थ अधिकारी नहुनुलाई के भन्ने ? फेरि प्रधानमन्त्री ओलीले स्वतन्त्र तिव्वत पक्षधर मास्टर कर्मा तन्पाइ ग्यालसेनसँग भारतस्थित नेपाली दुतावासमै भेटेको खुलासा भएको छ। 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई ग्यालसेनले स्वागत गर्ने क्रममा दुतावासमै भेटेको तस्विरसमेत सार्वजनिक भएको छ। यसले चीन अझ चिढिने हो कि भन्ने आशंका बढेको छ । 

हुनसक्ला कि ओलीले चीन भ्रमणका क्रममा माफी माग्लान् । त्यसले उनलाई आन्तरिक रुपले फाइदा होला । उनले चीनमा गएर भारतसंग यसो गरें भनेर पनि चीनलाई मख्ख पार्लान् । तर यथार्थमा चीनले नेपाललाई हेर्दै गरेको हुनेछ । 

तर नेपाल नीति सुझबुझपूर्ण तरीकाले अवलम्बन गर्नुपर्ने अवस्था आएको छ । दुवै छिमेकीलाई बराबरी आँखाले हेर्न सकिएन भने त्यसले अन्ततोगोत्वा बेफाइदा गर्ने नेपाललाई नै हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ