arrow

दाहाल र बैद्य माओवादी मुगुको कार्यगत एकता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
दहाल-र-बैधे.jpg.jpeg
काठमाडौ‌ं । पार्टी विभाजन भएको करिब चार वर्षपछि एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादी(बैद्य माओवादी)बीच बिहीबार कार्यगत एकता भएको छ।बिहीबार सदरमुकाम गमगढीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टीबिच कार्यगत एकता भएको र यो नै पार्टी एकिकरणको प्रारम्भिक सुरुवात भएको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला संयोजक बिर्खबहादुर थापाले जानकारी दिए। विभिन्न चरणको छलफल र बहसपछि बिहीबार बिहान दुबै पार्टीको संयुक्त बैठकले आगामी फागुन १ गते जनयुद्धको २१ औं वार्षिक उत्सव संयुक्त रुपमा मनाउने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।
 
नागिरक दैनिकमा सुमन मल्ल लेख्छन्-जिल्लास्तरमा कार्यकर्ता तहबाट पार्टी एकीकरण र कार्यगत एकताका लागि निकै दवाव आएको र बिस्तारै छुटिएर अलग भएका माओवादी पार्टीसँग कार्यगत एकता तथा पार्टी एकीकरणका लागि आवश्यक बहस अगाडि बढाउने एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष अजबहादुर शाहीले बताए। जिल्ला तहबाट माओवादी पार्टीबिच कार्यगत एकतासँगै पार्टी एकीकरणका लागि केन्द्रीय समितिलाई सन्देश प्रवाह गरिने उनले बताए।
 
कार्यगत एकतापछि तिब्बतसँग जोडने गमगढी–नाक्चेलाग्ना सडक निर्माण कार्यलाई तीब्रता दिन गमगढी–नाक्चेलाग्ना सडक संघर्ष समिति गठन गर्ने, जिल्लामा रहेको व्याप्त भ्रष्ट्राचार, अनियमितता, विकृति र विसंगतीविरुद्ध सशक्त आवाज उठाउन कार्यगत एकताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मंगलबहादुर शाहीले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ