arrow

साना मुलुकमाथि ठूला राष्ट्रको प्रभूत्वको सदैव विरोध गर्नुपर्छ: प्रम ओली

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1263451813.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला शक्तिले साना मुलुकमाथि लाद्ने प्रभूत्ववाद, उपनिवेशवाद र साम्राज्यवादको विरोधमा नेपालले सदैव आवाज उठाउँदै आएको बताउनुभएको छ ।
 
इन्डोनेसियाको जकार्ता तथा वाङ्डुङमा यही कात्तिक ९ देखि १३ गतेसम्म हुने वाङ्डुङ सम्मेलनको ६०औँ वर्षगाँठसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सफलताको कामनाका लागि सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल विश्वका कुनै पनि भागमा कसैबाट पनि कानुन विरोधी, अमानवीय र असमान व्यवहार नभई सबै राष्ट्र स्वतन्त्र भएको हेर्न चाहेको पनि स्पष्ट गर्नुभएको छ ।
 
नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट अघोषित नाकाबन्दी जारी रहेको समयमा प्रधानमन्त्री ओलीबाट सो विचार व्यक्त भएको छ । सन्ताउन्न बर्ष अगाडि स्थापित नेपाल अफ्रोएसियाली जनएकता सङ्गठन (आप्सो) का वर्तमान अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले गणतन्त्रलाई संस्थागत गरेको पनि अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट गर्नुभएको छ ।
 
सन्देशमा नेपालले गत असोज ३ गते नयाँ संविधान जारी गरेसँगै मुलुकमा औपचारिकरुपमा गणतन्त्र, धर्म निरपेक्षता, बहुदलीय प्रजातन्त्र, जनताको विश्वव्यापी मानवअधिकारलाई सुनिश्चित गरिएको उल्लेख गर्नुभएको छ ।
 
प्रधानमन्त्री ओलीले नेपाल असंलग्न आन्दोलनको पनि संस्थापक सदस्य रहेको स्मरण गर्दै नेपाल सदैव हरेक मुलुकका लागि संयुक्त राष्ट्र सङ्घद्वारा परिभाषित स्वतन्त्रता र सम्मानका मान्यतामा प्रतिबद्ध रहेको पनि बताउनुभएको छ ।
 
 
सम्मेलनमा भाग लिन नेपालका तर्फबाट सो सङ्गठनका उपाध्यक्ष डा प्रदीपकुमार खड्काको नेतृत्वमा टोली प्रस्थान गरिसकेको आप्सोका महासचिव डा गोपाल पोखरेलले जानकारी दिनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ