arrow

कांग्रेस नेता आचार्यको स्वास्थ्यमा क्रमिक सुधार, अवस्था सामान्य बन्दै

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
narhari-Aach.jpeg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री नरहरी आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । सुशील कोइराला नेतृत्वको सरकारमा रहँदा महत्वपूर्ण काम गरेको कानुनमन्त्री आचार्य कोइरालाको निधनको खबर सुनेपछी कोइरालाको निवास पुग्दा अचेत भई ढलेका थिए । वेहोस भए लगत्तै न्यूरो अस्पताल बाँसबारी लगिएकामा उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।
 
यसअघि आचार्यको स्वास्थ्य नाजुक रहेको खबर आएको थियो । आर्चायसंगै अस्पतालमा रहेको जीवन आलेमगरले भने, ‘उहाँको स्वास्थ्यमा सुधार भइसकेको छ ।’ के भएको थियो भन्नेबारे दिउँसो साढे २ बजे न्यूरोमै पत्रकार सम्मेलन गरी जानकारी दिइने उनले बताए । आचार्यको मष्तिष्कमा समस्या भएको नभएको बारे चिकित्सकहरुले पत्रकार सम्मेलनमा जारकारी दिने बताइएको छ । आचार्यलाई यसअघि उच्च रक्तचापको समस्या थियो । नियमित औषधी सेवन गरिरहेका आचार्य कोइराला निवासमा एक्कासी प्रेसर बढ्दा ढलेका हुन् ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ