arrow

गायक निर्णय श्रेष्ठ मानवताका पाइला अघी सार्दै सहयोग अभियानमा

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
nirnaya-nsk.jpg.jpeg
नुवाकोट। भूकम्पबाट प्रभावित नुवाकोट जिल्लाको छाप गाउँमा मानवताका पाइला नामक संस्थाले राहत वितरण गरेको छ। हिउदे छापमा संस्थाले ५५५ घरधुरीलाई न्यानो कम्बल, कपडा साथै ५ बिद्यालयका करिब ४३५ बिद्यार्थीलाई पाठ्य सामाग्री एबम खेलकुद सामाग्री वितरण गरेको संस्थाका प्रमुख नबिन कोइरालाले जानकारी गराए। 
 
सहयोग सामग्री जुटाउन संस्थाले १ हप्ता अगाडी दरबारमार्ग स्थित नर्लिंग गजलमा सांगीतिक साँझको आयोजना गरेको थियो। वितरण कार्यक्रममा चर्चित गायक निर्णय श्रेष्ठ, प्रशान्त मिस्ट, बिआइए फाउन्डेसनका संस्थापक चोग्याल रिम्पोचे सहित छाप गाउ पुगेको समुहले स्थानियको भब्य न्यानो माया पाएसंगै सबैतिरबाट ओझेलमा परेको गाउ छनौट गरि फेरी सहयोग कार्यक्रम गर्ने संस्थाका प्रमुख कोइरालाले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ