arrow

सर्वोच्चले सोध्यो 'सरकार नाका खुलाउन के गर्दैछौ ?'

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1956109020.jpeg
काठमाडौँ। सर्वोच्च अदालतले नेपाल–भारत सीमाका मुख्य नाकामा जारी ‘अघोषित नाकाबन्दी’ खोल्न अवलम्बन गरिएका उपायको विवरण पेस गर्न आज सरकारलाई आदेश दिएको छ । 
 
प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले नाकामा इन्धनलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा भएको अवरोध हटाउन गरिएका उपायबारे लिखित जवाफसहित १० दिनभित्र उपस्थित हुन आदेश दिएको हो । 
 
नाकाबन्दी खुलाउन ठोस पहल नहुँदा जनजीवन कष्टकर बनेको भनी संवैधानिक कानुन व्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता ज्योति बानियाँबाट रिट निवेदन परेको थियो । 
 
रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय, गृह, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई विपक्षी बनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ