arrow

फोहोरले कुरुप बन्दै फिदिम

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1015154652.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । नमुना सहर बन्दै गरेको पाँचथरको सदरमुकाम फिदिममा नालीको उचित व्यवस्थापन हुन नसक्दा शहर नै कुरुप वन्दै गएको छ । यसको ब्यवस्थापन नगर्दा नालीको फोहोर वस्तीमा पस्ने गरेको छ ।

यसले वस्तीमा पुरै दुर्गन्ध पनि फैलाउने गरेको छ । नालिमा मरेका पशु चौपाय देखि लिएर सड्ने र नसड्ने फोहोर फ्याँकिनाले सर्वसाधारण नाक थुनेर हिँड्नु पर्ने वाध्यता अझै हटेको छैन । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएको सहर फिदिममा नमुना सहर निर्माण हुँदै गर्दा नालीको फोहोर वस्तीमा पस्दा फिदिमकै कारागार लाइनका सर्वसाधारण बढि प्रभावित भएका छन् ।

केही दिन अघिको भारी वर्षापछि नालीमा आएको भेल तरकारी खेती र धान खेतीमा पस्दा कारागार लाइन दुर्ग्न्धित बनेपछि  त्यस क्षेत्रमा सरसफाई पनि गरिएको छ । फिदिम स्थित तिमिल्सिना स्टोर्स नजिकैको नालीमा मिसिएको फिदिम बजारको फोहोर त्यस क्षेत्रमा भेलले थुपार्ने गरेको छ । एमाओवादी जिल्ला सचिव समेत रहेका महेन्द्र जवेगू फुङनिमाको अगुवाईमा सरसफाई अभियानमा जुटेकी लिलादेवी राना मगरले बजार क्षेत्रमा रहेको नालि हुँदै बग्ने फोहोरलाई फिदिम नगरपालिकाले सही व्यवस्थापन गर्नु पर्ने बताए ।

सरसफाई अभियानमै संलग्न युवक कमानसिंह सम्वाहाम्फेले नालिको फोहोर अव्यवस्थित भएको र वस्तीमा फैलिएको दुर्गन्धले विभिन्न खालका सरुवा रोगबाट वालवालिका संक्रमित भएको दावी गर्नुभयो । उहाँले फोहोरको व्यवस्थापन चाँडै गर्न फिदिम नगरपालिकासँग आग्रह गर्नु भएको छ । सरसफाई अभियानका अगुवा जवेगूले कारागार लाइनका सर्वसाधरण कहिले नालिको दुर्गन्ध त कहिले कारागार कार्यालयको शौचालय चुहेर बगेको फोहोरको दुर्गन्धले पीडित बन्नु परेको बताए । उनले यस्ता फोहोर व्यवस्थापन गर्नु पर्नेमा जोड दिनुभयो । नालिको फोहोर सरसफाई गर्ने अभियानमा सो क्षेत्रका एक दर्जन बढि सर्वसाधरणले अग्रसरता देखाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ