arrow

साउदीमा बन्दी बनाइएकी नेपाली चेलीको उद्धार

रियादबाट करिब २० किमीको दूरीमा पर्ने दखल मौजुदस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी थिइन् ।

logo
भरत प्रधान, साउदी अरब
प्रकाशित २०७२ फागुन ११ मंगलबार
Saudi.jpg.jpeg
साउदी अरबमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको उद्धार गरी स्वदेश पठाइएको छ । दलालको प्रलोभनमा परी दिल्लीको बाटो हुँदै घरेलु कामदारका रुपमा ५ वर्षअघि साउदी आएकी पाल्पा कचलकी ३१ वर्षीया निर्मला परियारलाई उद्धार गरी स्वदेश पठाइएको हो । रियादबाट करिब २० किमीको दूरीमा पर्ने दखल मौजुदस्थित साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेकी पीडित निर्मलालाई नेपाली जनप्रगतिशील मोर्चाले दूतावासको समन्वयमा उद्धार गरेको हो । 

गत २९ जनवरीमा उद्धार गरी रियादस्थित नेपाली दूतावासको आश्रयस्थलमा राखिएकी निर्मलालाई आवश्यक प्रक्रिया पूरा गरी सोमबार साँझ स्वदेश पठाइएको मोर्चाका अध्यक्ष मीनराज नाथले जानकारी दिए । निर्मलालाई मोर्चाका मोहन सारु र मेघनाथ भट्टराईको संयुक्त प्रयासमा साउदी नागरिकको घरबाट उद्धार गरिएको हो । 

गत जनवरी २९ मा घरका परिवार सुतेको मौका पारी राति ४ घन्टाको निरन्तर प्रयासपछि बिहान ४ बजे उनलाई बन्दी बनाइएको घरबाट भगाएर दूतावास पु¥याइएको थियो । कुबेतमा रहेकी उनकी दिदीमार्फत उनी साउदी नागरिकको घरमा बन्दी जीवन बिताइरहेको खबर पाएपछि आफूहरुले ५ महिनादेखि निरन्तर उद्धारको प्रयास गरेको मोर्चाका उपाध्यक्ष मानबहादुर सहकारीले बताए । घरेलु कामदारका रुपमा आएकी पीडित निर्मलाको पारिश्रमिकसमेत दलालको हातमा पर्दै आएको थियो । 

बन्धक बनाइएका परिवारका सदस्यबाट दिइने शारीरिक र मानसिक यातनाका कारण उनी पीडित बनेकी थिइन् । साउदी नागरिकले उनलाई शौचालयमा लगेर कुटपिट तथा शारीरिक यातना दिने गरेका कारण उनको जीवनसमेत सङ्कटमा परेको थियो । परिवारमा मानसिक सन्तुलन गुमाएका श्रीमान्, एक छोरा र एक छोरीसमेत रहेकी निर्मलाले स्वदेश फर्कने आशा मारेकी भए पनि स्वदेश फर्कन सफल भएकी छिन् । 

गैरकानुनी बाटो भएर साउदी आइपुगेकी पीडित परियारलाई यात्रा अनुमतिपत्र बनाई नेपाल फर्कने व्यवस्था मिलाइएको कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ