एजेन्सी। अभिनेत्री तथा टिभि कलाकार भाग्यश्रीको जन्म २३ फरवरी १९६९ मा भएको हो। उनि शाही पटवर्धन परिवारमा जन्मिएकि हुन्। भाग्यश्रीले अमोल पालेकर द्वारा निर्मित टेली सीरियल 'कच्ची धूप' वाट आफ्नो करियर सुरु गरेकि हुन्। उनले अभिनय गरेको पहिलो फिल्म 'मेने प्यार किया' हो। जसमा उनि सलमान खानसँग देखिएकि थिइन्।
यो फिल्म उनको करियरकै सुपरहिट फिल्म हो। राजश्री प्रोडक्शनको यस फिल्म पछि भाग्यश्रीले केहि फिल्महरुमा मात्र अभिनय गरिन्। उनले बाल्यकालको साथी हिमालय दासानीसँग विवाह गरेकि हुन्। भाग्यश्रीका दुई जना बच्चा छन्। जसको नाम अवन्तिका दासानी र अभिमन्यु दासानी हुन्। उनले केहि भोजपुरी फिल्महरु पनि निर्माण गरिन्।