arrow

सभाषद रोकाया प्रति एमाले कार्यकर्ता आक्रोशित

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
865983350.jpeg
प्रेम रौले, बाजुरा नेकपा एमाले समानुपातिक सभाषद बसुन्धरा रोकाया प्रति उनको गृह गाविस दहकोट गाविसका स्थानीय नेता तथा कार्यक्रता आक्रोसित भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा अन्तर्गत पर्ने स्वास्थ्य ईकाइलाई जिल्ला स्वास्थ्य कार्यालयको सिफारिसमा दहकोट गाविसको वडा न. ९ अम्लिसमा निर्माण हुन लागेको थियो । सोही सामुदायिक स्वास्थ्य ईकाइ लाई सभाषद रोकायाले आफ्नो व्यक्तिगत पहलमा आफ्नै गाउँ नजिक आफ्नो पायक पर्ने ठाँउमा निर्माण गर्नका लागि सिफारिस गरेकोले गाँउ देखि जिल्ला संगठन सम्मका एमाले नेता कार्यक्रताहरु आक्रोशित बनेका हुन । 

स्वास्थ्य ईकाई अम्लिसमा निर्माण गर्नका लागि यहाँका स्थानीय कार्यक्रताहरु एकजुट भई वडा न ६ देखि ९ सम्मको पाईक पर्ने ठाँउ अम्लिसमा निर्माण गर्नको लागि गाँउलेले निकै पहल गरेका थिए । स्वास्थ्य ईकाइको स्थापना पनि अम्लिसमै हुने निश्चित नै भईसकेको थियो । स्थानीय बासीमाहरुमा पनि निकै खसीयाली देन्थ्यिो निकै आश र भरोषा गरेका थियौं स्थानीय एमाले नेता देव बहादुर रोकायाले भने । 

अम्लिसमा स्वास्थ्य ईकाइ स्थापनाका लागि सम्पुर्ण सिफारिस सहित फायल स्वास्थ्य मन्त्रालयमा पेश  गरि सकेको थियो । स्थानीय अगुवा बलबहादुर रोकायाले भने । उनले थपे सम्पुर्ण गाविस भरिका जनताले सेवा सुविधापाउनु हाम्रो विरोध होईन किनकी भुगोल जनसंख्या र पिछडिएको वडालाई मध्येनजर गर्दा उचित हुन्थ्यो भन्ने हाम्रो माग हो ज्ञापन पत्र बुझाउदैं स्थानीयले गुनासो पोखेका हुन । यसरी आफ्नो व्यक्तिगत मनोमानि ढँगबाट सभाषद रोकायाले दहकोटका स्थानीयबासीको मागलाई ध्यानमा नराखी स्वास्थ्य ईकाइ आफ्नो गाँउमा राख्न सिफारिस गरिनुले सिगों वडा न ६ देखि ९ न सम्मका स्थानीय गाउँलेलाई पछाडि पार्न खोजिएकोले यसको घोर भत्सना गदर्छौ ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

यता सभाषद बसुन्धरा रोकायाले गाविस र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको सिफारिसका बारेमा कुनै जानकारी नभएको बताएकी छन् । उनले भनिन् दहकोट बासीका लागि कुनै गलत काम नगरेको जिकीर गरिन् । जनताले आफुलाइ लगाएको आरोप सही नभएको र त्यो काम नगरेको बताइन् । जिल्ला परिषदले पास गरेको आधारमा आफुले ब्यक्तिगत पहलमा माझपालीलाइ सिफारिस गरेको बताइन् । दहकोट गाविसको विकासका लागि कुनै अबरोध नगरेको बताएकी छन् ।दहकोटमा  सामुदायिक स्वास्थ्य इकाइको माग भएकाले त्यसैका आधारमा पहल गरेको बताएकी छन् ।

पार्टी कार्यालयमा ज्ञापन पत्र बुझ्दै एमाले जिल्ला कमिटि सदस्य एंव कार्यालय सचिव काँशी विकले भने यो कुराको बारेमा केन्द्रीय स्तरका नेता, जिल्ला तहका नेता र आगामी जिल्ला कमिटिको बैठकमा समेत यस विषयमा छलफल गरिने विकले बताए ।  ज्ञापनपत्रमा भनिएको छ सो क्षेत्रमा स्वास्थ्य ईकाइ स्थापना गर्नका लागि कुनै किसिमको सहयोग नगरेकोले एमाले जिल्ला कमिटि सदस्य एंव गाविसका भुगोल ईचार्ज समेत रहेका हरि रोकायाको पार्टीबाट राजिनामा समेत माग गरेका छन । यसरी गाविसकै सभाषद र भुगोल ईन्चार्जले स्थानीय बासीन्दालाई धोका दिएपछि आफुहरुले एमाले पार्टीको कुनैपनि कार्यक्रम नजाने र कसैलाई सहयोग नगर्ने समेत चेतावनी दिएका छन । 

जिल्लाको दहकोट गाविस एमालेको सवैभन्दा बहुमत भएको गाविस हो भनेर एमालेले बुझ्ने गर्दछ । सो क्षेत्रमा स्वास्थ्य ईकाई स्थापना नहुने देखिएपछि सो क्षेत्रका हजारौ स्थानीय बृद्धवृद्धा महिला, बालवालिका स्वास्थ्य सेवाको पहुँचबाट निकै मारमा पर्ने देखिन्छन । सामुदायिक स्वास्थ्य इकाइका लागि गाउ परिषदको निर्णय जिल्लाको सिफारिस दहकोट ९ लाइ गरेको गाविस लेखा सहायक डम्बर रोकायाले बताएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ