arrow

परिवारका १४ सदस्य रेटेपछि आफु झुन्डिए

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
thane232_1456632694.jpg.jpeg
एजेन्सी । भारतको मूम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले फाँसी लगाएका छन् । भारतीय अनलाइन भास्कर डटकमका अनुसार मूम्बईको ठाणेमा ती ब्यक्तिले शनिबार राति परिवारका सदस्यको हत्या गरेका हुन् । हत्या भएकामा ७ बालबालिका, ६ महिला  र १ पुरुष छन्। हत्या रातको १२ बजे पछि भएको हो ।
 
 हसन बकरले शनिबार एक पार्टी आयोजना गरी बहिनीहरुलाई पनि डाकेका थिए । प्रहरी अधिकारीहरुका अनुसार  बकरका दिदि बहिनीले साथमा बच्चाहरु पनि ल्याएका थिए ।  ठाणे प्रहरीका अनुसार ''बकरले मासु काट्ने धारिलो हतियार प्रयोग गरेर परिवारका सदस्यको हत्या गरेका हुन् । मृतक व्यक्तिहरुको खानामा विष पनि मिसाइएको हुन सक्ने प्रहरीको अनुमान छ ।'' हत्याको कारण भने खुल्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ