arrow

सभापतिकालागि दोस्रो चरणको निर्वाचन आज दिउँसो २ बजेदेखि

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
mattadan.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको सभापतिकालागि दोस्रो चरणको निर्वाचन सोमबार दिउँसो २ बजेदेखि शुरु हुने भएको छ।  पहिलो चरणमा आवश्यक मत कुनै उम्मेद्वारले ल्याउन नसकेको स्थितिमा निर्वाचन दोस्रो चरणमा  प्ररवेश गरेको हो। सबै तयारी पुरा गरेर निर्वाचन गर्दा केहि समय लाग्ने भएकाले २ बजेको समय तोकेको निर्वाचन समितीका सचिव प्रदिप पराजुलीले हाम्राकुरालाई बताएका छन्। 
 
पहिलो चरणमा भएको निर्वाचनमा नेता शेरबहादुर देउवाले सबैभन्दा बढी मत प्राप्त गरेको भए पनि उक्त मत बिजयी हुन पर्याप्तभएन तसर्थ निर्वाचन दोस्रो चरणमा प्रवेश गरेो हो। नेपाली काँग्रेसको बिधान अनुसार सभापति पदकालागि उम्मेद्वारले कुल खसेको मत मध्य ५०%+ १ मत चाहिने ब्यवस्था भएको हुनाले देउवाको मतसंख्या ११ मतले कमी रहेको थियो. .
 
नेपाली काँग्रेसको १३औं महाधिवेशनमा सभापति पदकालागि भएको निर्वाचनमा कसैले ५०% + १ मत नल्याएको कारणले पुन: नेता शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल बिच  सभापति पदकालागि निर्वाचन हुने भएको छ। 
११ मतको कमीले देउवा पहिलो चरणमै सभापति हुनबाट बञ्चित भएका हुन्। 
 
सभापति पदकालागि निर्वाचित हुन कम्तिमा १ हजार ५ सय ७५ मत प्राप्त गर्नु पर्ने स्थितीमा देउवाले १५६४ मत मात्र प्राप्त गर्दा निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणमा देउवा र पौडेल बिच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो चरणको निर्वाचन सोमबार २ बजे हुने भएको केन्द्रिय निर्वाचन समितीले बताएको छ। 
 
पहिलो चरणको अन्तिम मत परिणाम
शेर बहादुर देउवा- १५६४
रामचन्द्र पौडेल- ११६०
कृष्ण प्रसाद सिटौला- ३२४
बदर- १००
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ