arrow

शेरबहादुरका शिक्षक भन्छन्, ‘स्कुलमा विद्यार्थीलाई ‘लिड’ गर्थे’

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
sher-bahadur-deuba-school.jpg.jpeg
काठमाडौं। शेरबहादुर पढ्नलाई ठिकै थिए । राजनीतिमा पहिले देखिनै चाँसो । स्कुलमा विद्यार्थीको नेतृत्व ‘लिड’ गर्थे । खेलकुद त्यति साह्रै नहुने भएकाले खेलकुदमा त्यति साहै्र चाँसो थिएन । अतिरिक्त कृयाकलापमा सहभागि हुन उनी खप्पिस थिए । ७७ वर्षीय लोकराज पन्तले हाम्राकुरासंग भने, ‘उनी पुस्तकालय व्यवस्थापन, सामूहिक कार्यमा बढी जोड दिन्थे, बोल्ने कार्यक्रममा बढी सरिक हुन्थे, साथीहरुलाई सामूहिक काममा हौस्याउँथे ।’ पन्त नव निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवालाई आज भन्दा ५३ वर्ष अघि पढाउँथे । शेरबहादुर देउवाले एसएससी पास गरेको सिताराम हाईस्कुल (हालको सिताराम क्याम्पस) उच्चाकोटमा स्थापना काल देखि ३९ वर्ष सम्म पठन पाठन गराएका पन्त हाल सेवा निवृत्त भइसकेका छन् । डोटीको जिजोडामाण्डौं गाविस –१ उच्चाकोटका पन्तले शेरबहादुरलाई कक्षा ९ र १० मा भूगोल र इतिहास पढाएको सुनाए । पन्त स्थापना देखिनै शिक्षक रहे । स्कुल स्थापना भएको वर्ष २०१७ जेठ बाट २०५७ वैशाख १ सम्म देउवाले एसएलसी पास गरेको विद्यालयका शक्षिक बने । २०२२ मा एक पटक प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका पन्त २०३१ सालबाट प्रधानाध्यापक बने सोही पदबाट सेवा निवृत्त भए । उनले बी.ए. सम्मको मात्रै अध्ययन गरे । पन्तले प्रमाणपत्र तह भारतको बरेलीबाट र बी.ए. त्रिभुवन विश्वविद्यालयबाटै गरेका हुन् । 
 
पढ्नलाई कस्ता थिए शेरबहादुर ? 
पन्तले शेरबहादुर पढ्नलाई राम्रै थिए –भने । शेरबहादुरलाई २ वर्ष मात्रै पढाएका उनले एसएलसीमा ल्याएको नतिजाको प्रशित भुलेपनि सिताराम हाईस्कुलबाट एसएलसी दिने पहिलो टोली  ८ जनामा पास हुने ३ जनाभित्र शेरबहादुर पनि परे । २०१९ सालमा एसएलसी पास गरेका शेरबहादुरको पढाई राम्रै थियो भन्ने समेत त्यो बेलाको एसएससीको महत्व र उत्तिर्ण संख्याले प्रष्ट पार्दछ । पन्तले भने, ‘त्यो बेला एसएलसी पास हुने कुरा सामान्य थिएन  र कमै पास हुन्थे ।’ कक्षा ८ सम्म डडेल्धुराको महेन्द्र मावि पढेका शेरबहादुरले ९ र १० मात्रै सिताराम हाईस्कुल उच्चाकोट पढेको पन्त सुनाउँछन् । पन्तले भने, ‘स्कुलमा विद्यार्थीलाई ‘लिड’ गर्थे, उनको राजनीति मोह पहिले देखिनै थियो, आखिर नेता भए, प्रधानमन्त्री समेत भए ।’ पहिले पहिले बोल्नलाई पनि खरर बोल्थे । प्रष्ट रुपमा बोल्थे, पछि के भयो थाह छैन–पन्तले भने । विद्यालयमा पुस्तकालय व्यवस्थापन लगाएत सामूहिक काममा विद्यार्थीलाई निकै हौस्याउने शेरबहादुरले आफु प्रधानमन्त्री हुँदा सामाजिक सुधारका काम गरेका छन् ।    
 
एसएलसी पास हुने साथीहरु को–को थिए ? 
शेरबहादुर देउवासंग एसएलसी पास हुने प्रेमराज पन्त र केदार नाथ जोशी थिए । पन्त त्रिभुवन विश्व विद्यालयका प्राध्यापकबाट सेवा निवृत भई हाल केही नीजि कलेजहरुमा अध्यापन गराउँछन् । काठमाडौंको घट्टेकुलोमा बस्ने पन्त त्रिभुवन विश्वविद्यालयमा वाणिज्यशास्त्रको अध्यापन गराउँथे । शेरबहादुरका साथी जोशी कैलालीमै घरमा छन् । उनले भने बी.ए. सम्मको मात्रै अध्ययन गरे। केही समय विद्यालयमा पढाए । अहिले आफ्नै घरयासी काममै छन् । देउवा एसएलसी पास भएपछि काठमाडौं हानिए । 
 
बुबा आइरहनु हुन्थ्यो, आमासंग भेट भएन
देउवाका बुबा प्रसाद देउवा ‘तमिल्दार’ विद्यालमा आइरहने गरेको पन्तले सुनाए । तर, आमासंग भने भेट भएन, उनले भने, ‘त्यो बेला हामी कहाँ पढेलेखेका महिला थिएनन्, महिलाले यता उति पनि गर्दैन थे, त्यसैले पनि आमासंग भेट भएन ।’ बुबा त पछिसम्म पनि आइरहन्थे । 
 
देउबाका गुरु को–को थिए ? 
शेरबहादुरले एसएलसी दिँदा प्रधानाध्यापक सिताराम खत्री हुनुुहुन्थ्यो । उहाँले अंग्रेजी पढाउनु हुन्थ्यो । पन्तले भने, ‘धर्मानन्द पन्त गणित र विज्ञान तथा कृष्णलाल जोशीले नेपाली पढाउनु हुन्थ्यो ।’ देउवा गम्भीर र अनुशासित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ