arrow

क्षति भएको झोलुङ्गे पुल बनाइदिन माग राख्ने पाँच यूवा पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७२ चैत ३ बुधबार
Panchthar-hamrakura.jpg.jpeg
फिदिम । पाँचथरमा निर्माणाधिन हेंवा ए जलबिद्युत आयोजनाको व्यवस्थापन पक्षसँग आन्दोलित बनेका ५ जना युवालाई आज प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पाँचथर भारपा ४ का महेष अधिकारी, महेन्द्र हाङसरुम्बा,रणकुमार हाङसरुम्वा, टेकबहादुर हाङसरुम्वा र रंगीन हाङसरुम्वा छन ।जिल्लाको भारपा, याङ्नाम र नांगीन गाविससंग सिमा जोडिएको हेंवा खोलामा निर्माणधिन हेंवा ‘ए’ जलबिद्युत आयोजना निर्माणका क्रममा क्षति भएको झोलुङ्गे पुल बनाइदिन माँग राख्दै आएका उनीहरुलाइ प्रहरीले उत्श्रृखल गतिविधिमा संलग्न भएको भन्दै पक्राउ गरेको हो । आयोजनास्थल संगै रहेको भारपा–४ र याङ्नाम–१ लाई जोड्ने कादुरी झोलुङ्गे पुल हाइड्रोको इन्टेक बनाउँने क्रममा एकापट्टिको जग क्षतिग्रस्त बनेको छ ।
 
यद्वपी कबोल गरेको समयमा पुल मर्मत नगरेपछि स्थानीयले पुनः आन्दोलन गर्ने भन्दै मंगलवारदेखिका कार्यक्रम सार्वजनिक गरेकोे स्थानीय गजेन्द्र हाङसरुम्बा बताँउछन । निर्माण पक्षले बोलाएको प्रहरीले स्थानीयका घरभित्र प्रबेश गरी युवाहरुलाई अन्दाधुन्द कुटपिट गर्दै पक्राउ गरेको आन्दोलनरत पक्षको दाबी छ । तर जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत बिजय श्रेष्ठ भने सुरक्षार्थ खटेका प्रहरीलाई लक्षित गरी आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन उनीहरुलाई पक्राउ गरेको वताँउछन ।
 
यसअघि पनि दुई पटक आन्दोलित भइसकेका सो क्षेत्रका स्थानीयबासीले मंगलबार आयोजनास्थलमा रहेको पाँचथर पावर कम्पनिको साइड अफिस अगाडि नाराजुलुस गर्दै पुल निर्माण गरिदिन माग गरेका थिए ।यता पाँचथर पावर कम्पनिले भने प्राविधिक लगाएर बनाएकोले पुल कमजोर नभएको दावी गर्दै आएको छ । कम्पनीका प्रवन्ध निर्देशक पुष्पज्योति ढुंगानाले भने स्थानियले अनावश्यक वखेडा निकालेको वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ